अब वडाकै नेतृत्वमा बागमती सफाइ
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार ७:०:५
काठमाडौं । बागमती सफाइ महाअभियान सुरु भएको ६ सय ९ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन् । काठमाडौं महानगरपालिका–८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइका क्रममा उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ ।
सफाइमा पूर्वमुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशामान सँगत, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधि र अभियानकर्मीको सक्रियता रहेको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ । गत बुधबार काठमाडौं महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार