गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै

इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १९:४०:४८

चितवन । चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् ।
गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५-७६ को आवधिक योजनाको समीक्षा र ०७६-७७ को भावी योजनाबारे आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
कृषक शिव पौडेलले गाउँ–गाउँमा कृषि सडक निर्माणको काम तीव्र भई रहे पनि खेतीयोग्य जमीन बाँझै रहेकाले व्यावसायिक खेतीतर्फ किसानलाई प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने बताए ।
सरकारले दिने अनुदानमा वास्तविक किसानसम्म नपुग्ने भएकाले व्यवसायी खेतीतर्फ किसान आकर्षित नभएका उनको तर्क छ । गाउँमा सडक पुगेपछि केही पैसावाल व्यक्तिले गाउँका खेतीयोग्य जमीन किनेर बाँझै राख्ने गरेको पौडेलले बताए । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर नफेरिएको उनको भनाइ छ ।
गाउँ–गाउँमा सडक विस्तारसँगै कृषकलाई व्यवसायी खेतीतर्फ आकर्षित गर्न कृषिमा आधुनिकीकरण गर्नुपर्ने अर्का किसान विष्णुप्रसाद सापकोटाले बताए।
साना किसान कृषि सहकारी कुरिनटारका अध्यक्ष नरबहादुर नेपालले पनि समग्र गाउँपालिकाको समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बताए। अन्य सहभागीले पनि किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य नपाएका कारण पनि कृषितर्फ आकर्षित नभएको बताएका थिए ।
उनीहरुले सडक निर्माणसँगै कृषकलाई अनुदान र तालीम दिई प्रोत्साहित गर्नुपर्ने बताए । गाउँमा पर्याप्त मात्रामा बजारसम्म लैजाने कृषिजन्य वस्तु उत्पादन नहुँदा नियमित सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
इच्छाकामना गाउँपालिकाको ग्रामीण भेग तरकारी तथा फलफूलका खेतीका लागि उर्वरभूमि मानिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार