ट्रम्पको शपथग्रहण समारोहमा विश्वभरबाट नेताहरू उपस्थित हुँदै, भारतबाट विदेश मन्त्री एस जयशंकर जाने
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १३:५८:२
२८ पुस, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।
डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिने कार्यक्रम रहेको छ । ट्रम्पको शपथग्रहण समारोहमा विश्वभरका धेरै ठूला नेताहरू उपस्थित हुँदैछन् ।
यस शपथग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ट्रम्पको शपथग्रहण समितिको निमन्त्रणामा विदेश मन्त्री एस जयशंकर जाने तय भएको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
साथै, अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले अमेरिकाको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन अमेरिका आउने अन्य विशिष्ट व्यक्तिसँग पनि महत्त्वपूर्ण भेट गर्नेछन्।
ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । याेसँगै उनी अमेरिकाको ४७ औं राष्ट्रपति हुनेछन्। यसपटक उनको सरकारमा भारतीय मूलका धेरै मानिसहरू सामेल हुँदैछन्। ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० मा दिउँसो १२ बजे सुरु हुनेछ। यसमा शपथ ग्रहण, परेड र औपचारिक कार्यक्रमहरू समावेश हुनेछन्।
यो दिन मार्टिन लुथर किंग जूनियर दिवससँग मेल खान्छ। यस दिन अमेरिकामा सार्वजनिक विदा हुनेछ। १९९७ पछि यो पहिलो पटक हो कि यो महत्त्वपूर्ण मितिमा उद्घाटन हुँदैछ। यसपटक चिनियाँ राष्ट्रपति सी जिनपिङ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिल्ली डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुने बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार
फक्स न्युजका पूर्व होस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
विद्युत् महसुल नतिर्ने एक हजार तीन सय ग्राहकका लाइन काटिए
माघ १३, २०८१ आइतबार
एमालेले संसदीय दलको बैठक बोलायो
माघ १३, २०८१ आइतबार