नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर प्रधानमन्त्री ओली भियतनाम जाने
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार १९:४५:६
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-kp-sharma-oli-e1573298464185_Z3u2BoFjVF.jpg)
काठमाडौं । भियतनाम भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर जाने भएका छन्।
भियतनाम र कम्बोडिया भ्रमणमा जाँदा ओलीले राष्ट्रिय ध्वजाबाहकको जहाज लिएर जाने नेपाल एयरलाइन्सका साहयत प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
बैशाख २६ गते नेपाल एयरलाइन्सको एयरबस ए३२० जहाजबाट विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छन्। भियतनामको स्थानीय समयअनुसार उक्त जहाज भियतनामको हनोइ इन्टनेशनल विमानसथलमा बेलुका चारबजे अवतरण गर्ने छ।
ओलीलाई हनोइनमा छोडेर नेपाल एयरलाइन्सको जहाज भने काठमाडौं फर्किने छ। नेपाल आउँदा प्रधानमन्त्री बैंकक हुँदै नेपाल एयरलाइन्सको नियमित उडानमा आउने कार्यक्रम रहेको एयरलाइन्सले जानकारी दिएको छ।
चार्टर्ड भाडा ३५ हजार डलर भाडा लाग्ने बताइएको छ। भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो। यसपालि जेठ ४ गते बुद्धजयन्ती छ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र भियतनामबीच दुई पक्षीय हवाइ सम्झौता परिमार्जन गर्ने तयारी भइरहेको छ।
यसअघि भियतनामसँग सन् २०१५ मा हवाइ सम्झौता भएको थियो। सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन। भैरहवाको गौतम वुद्ध विमानस्थलमा भियतानमबाट चार्टर्ड फ्लाइट गर्न मिल्ने गरी सम्झौता परिमार्जन हुन लागेको हो।
भियतनामपछि प्रधानमन्त्री ओलीले कम्बोडियाको पनि औपचारिक भ्रमण गर्नेछन्। बुद्ध धर्मालम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार