साढे १५ अंकले बजार ओरालो लाग्दा २५ सयमा झर्याे नेप्से, ६ अर्ब ६५ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १५:४७:५७
२९ पुष, काठमाडौं । सोमबार शेयरबजार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा बन्द भयो । आज नेप्सेमा ६ अर्ब ६५ करोड ८ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बैंकहरूको वित्तीय विवरण बिग्रिन सक्ने भन्दै शेयर लगानीकर्तामा परेको मनोवैज्ञानिक प्रभावले लगातार दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको हो । सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । व्यापार उपसूचक सर्वाधिक १.८९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.३२ प्रतिशतले गिरावट भएको छ ।
सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ८.८१, सपोर्ट लघुवित्त ८.४१ र नेपाल एसबीआई बैंकको सेयर मूल्य ७.३० प्रतिशतले बढेर बन्द भएको छ । आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशत घट्दै नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै रिभर फल्स हाइड्रपोवरको शेयर मूल्य ८.३६ प्रतिशतले घटेको छ ।
सोमबार बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर सर्वाधिक ४५ करोड २६ लाखको कारोबार भएको छ । त्यस्तै न्यादी हाइड्रोपावर २८ करोड २७ लाख र हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख रुपैयाँ बराबर शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार