भारतीय प्रधानमन्त्रीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १५:५५:४५
२९ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गरेका छन् । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च–भूमि सीमा क्षेत्रहरूतर्फ सबै मौसममा पहुँच पुर्याउने छ ।
छ दशमलव चार किलोमिटर 'चार माइल' लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेड–मोड वा सोनमार्ग सुरुङ सीमा क्षेत्रहरूमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।
यसले भारत–प्रशासित काश्मीरलाई लद्दाखसँग जोड्न मद्दत गर्छ र सैन्य आपूर्तिको द्रुत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ ।
“यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुनेछ”, एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाउनुभएका प्रधानमन्त्री मोदीले भने ।
विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ ।
सन् २०२० मा दुवै देशका सेनाहरू बीच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्च–भूमि सीमा क्षेत्रहरूमा आमनेसामने छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रहरूमा गस्ती गर्न सहमत भएका थिए ।
सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ ।
जेड–मोड सुरुङमा अक्टोबरमा बन्दुकधारीहरूले सात कामदारको हत्या गरेका थिए । यो विवादित काश्मीरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो ।
मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तानबीच विभाजित भएको छ र दुवै देशले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्छन् । विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दछन् ।
भारतले विश्वकै सबैभन्दा अग्लो चेनाब रेल पुल निर्माणसहित मैदानी भू–भागलाई पहिलो पटक काश्मीरसँग जोड्ने तीन अर्ब ९० करोड डलरको रेलमार्ग पनि निर्माण गरेको छ ।
दुई सय ७२ किलोमिटर लामो रेलमार्ग सेनाको उत्तरी कमान्डको मुख्यालय रहेको ग्यारिसन सहर उधमपुरबाट सुरु भई क्षेत्रको राजधानी श्रीनगरसम्म पुग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा ६.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार