गृहमा बसेर भागबण्डा मिलाएपछि गठन भयो भूमि आयोग, पहिलो चरण ५६ जिल्लामा तोकिए अध्यक्ष
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १६:२१:५२
२९ पुष, काठमाडौं । सरकारले ५६ जिल्लामा भूमि आयोग गठन गरी त्यसको अध्यक्षसमेत तोकेको छ । तोकिएका आयोग र त्यसका जिल्ला अध्यक्षले मंगलबारदेखि काम सुरु गर्ने बताइएको छ । मन्त्रिपरिषदको निर्णयपछि सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सात प्रदेशका ५६ जिल्लाहरूमा अध्यक्ष नियुक्त पनि नियुक्त गरेका छन् ।
सत्तारुढ दलहरूबीच कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष सिफारिस गर्ने गरी मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएपछि ५६ जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो ।
कोशी प्रदेशको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, वाग्मतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुक्ति गर्न बाँकी छ । कोशी प्रदेशका १०, मधेशका ६, वाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाबाहेक २१ जिल्लाका अध्यक्षहरू नियुक्त गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
यी हुन सोमबार नियुक्त भएका अध्यक्षहरू
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
पुष २९, २०८१ सोमबार
यी हुन् राष्ट्रपतिले जारी गरेका चार अध्यादेश
पुष २९, २०८१ सोमबार
अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार