१ अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सकियो मुक्तिनाथ विकास बैंकको साधारण सभा
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १८:१७:३७
२९ पुस, पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले आज पुस २९ गतेका दिन पोखरामा आफ्नो अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै, प्रतिशेयर रु. १०० का दरले रु. १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
यसै सभाबाट आ.व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू पारित गरेको छ । साथै, साधारण सभाको अवसरमा बैंक स्थापना गर्न पहल गरेका शुरुका ३० जना संस्थापक शेयरधनीहरु, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक शेयरधनीहरु तथा संचालक सदस्यहरूलाई सम्मान गरिएको थियो ।
विशेष प्रस्तावको रुपमा रहेको काठमाडौं–२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय, बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन, लाजिम्पाट काठमाण्डौंमा स्थानान्तरण गर्ने लगायतका सबै प्रस्तावहरू सर्वसम्मत रुपले पारित भएका छन् ।
साधारण सभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका थिए । उक्त सभामा बैंकका सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरू प्राप्त भएको थियो । शेयरधनीहरुबाट आएका जिज्ञासाहरू बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले थप प्रष्ट पारेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने
पुष २९, २०८१ सोमबार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
पुष १९, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार