नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १९:३२:३१
२९ पुस, काठमाडौं । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गरेको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकोमा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको उनले बताए । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सङ्कलित रकम रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कोषले गत आवमा रु दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई कर पछिको खुद मुनाफा रु एक अर्ब १५ करोड ८७ लाख रहेको छ । उक्त खुद मुनाफा रकमबाट रु २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउन कोष क्रियाशील छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
संरक्षणको अभावमा ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत
पुष २९, २०८१ सोमबार
‘द न्युयोर्क टाइम्स’ को सूची: विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार