दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार २२:२७:२९
२९ पुस, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनसँगै कला, साहित्य र मौलिक संस्कार/संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला सङ्ग्रहालय स्थापना गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उक्त कला सङ्ग्रहालयको औपचारिक उद्घाटन गरे । सङ्ग्रहालय उद्घाटन गर्दै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार/संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले गरेको कामको प्रशंसा गरे ।
नगरपालिकाले विसं २०८० असोज १७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ८२ वटा चित्रलाई सङ्कलन गरी कला सङ्ग्रहालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । उनले भने, “यसलाई थप प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार