मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार २२:३९:३९
२९ पुस, सिरहा । मधेश प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेका सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । गाउँपालिका–३ टिकुलीया र भारतको चैनपुरगाउँ नजिक रहेको सीमा स्तम्भ २४३/५ सम्म नयाँ सडक बनाएर तस्करी भइरहेका गुनासोपछि सुरक्षा प्रमुखहरूले त्यसबारे जानकारी लिएका हुन् ।
सप्तरीका विभिन्न सीमानाकाबाट हुने तस्करीको विषय मधेश प्रदेशसभाको हालैको बैठकको शून्य समयमा पनि उठेको थियो । प्रदेशसभा सदस्य शम्भु साहले यस विषयमा प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएका थिए ।
अनुगमन टोलीमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेललगायत अनुगमनमा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार