ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १३:१२:४७
१ माघ, रियो दि जिनरियो । ब्राजिलले विद्यालयमा स्मार्ट फोनमा प्रतिबन्ध लगाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट फोनको सहायतामा कक्षा लिइरहेका अपाङ्गता भएका र फरक क्षमताका विद्यार्थीहरूलाई भने यो नयाँ नियमले अप्ठ्यारो पार्ने जनाएका छन् ।
उता, शिक्षा मन्त्री क्यामिलो सान्टानाले सोमबार राजधानी ब्रासिलियामा पत्रकारहरूलाई भने, ‘बच्चाहरू सानै उमेरमा अनलाइन जान्छन्, आमाबाबुलाई उनीहरूले के गरिरहेका छन भने हेर्न गाह्रो बनाइरहेका थिए, अब स्कूलमा स्मार्टफोनको प्रतिबन्धले अभिभावकलाई अब सजिलो बनाउनेछ।’
‘हामी ती उपकरणहरू अन्य धेरै देशहरूमा जस्तै कक्षामा शैक्षिक उद्देश्यका लागि र शिक्षकको मार्गदर्शनको साथ प्रयोग गर्न चाहन्छौं,’ सान्तानाले अगाडि भने ।
सन २०२३ सम्ममा ब्राजिलका दुई तिहाइ विद्यालयहरूले सेलफोन प्रयोगमा केही प्रतिबन्ध लगाएका थिए भने जबकि २८ प्रतिशतले यसअघि नै पूर्ण रूपमा प्रतिबन्ध लगाएको ब्राजिलको इन्टरनेट स्टीयरिङ समितिले गत अगस्टमा जारी गरेको सर्वेक्षणमा उल्लेख गरिएको थियो ।
अब सरकारले नै पुर्ण प्रतिबन्ध लगाउँदै स्मार्टफोन लिएर बिधालय आउन दिएको भेटिएमा कारबाही गर्ने पनि नयाँ कानुनमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार