कतारको दोहामा चलिरहेको वार्ता सफल भए हमासको नियन्त्रणबाट मुक्त हुन सक्छन विपिन जोशी

नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार १७:१:४७

१ माघ, काठमाडौं । बिद्रोही समूह हमाससँग वार्ता चलिरहेका बेला उसको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइलाई लिएर सरकार विभिन्न प्रयासहरु गरिरहेको छ । यतिबेला हमास र इजरायलबीच युद्धविराम गराउने विषयमा कतारको दोहामा वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही समयभित्र वार्ता निष्कर्षमा पुग्नेछ ।
गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ गर्ने सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइन लागेको बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हो । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग मंगलबार टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेकी छिन् ।
इजरायल र हमासबीचको शान्तिवार्तामा कतार सरकारले मध्यस्थता गरिरहेको छ । र, विदेशराज्यमन्त्री अल–खुलाइफी एक प्रमुख वार्ताकार हुन् । कतारी विदेशराज्यमन्त्रीसँगको टेलिफोन वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले यथासक्य चाँडो विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरिएको जानकारी दिएकी छिन् । यही हप्ताभित्र हुने भनिएको हमास–इजरायल युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गर्ने बताइएको छ । हमासले ३३ जना बन्धकको किस्तामा रिहा गर्ने जनाएको वार्ताकारहरुले जनाएका छन् ।
बीबीसीका अनुसार युद्धविरामको सम्झौता भएको पहिलो दिन हमासले तीनजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजा क्षेत्रको बस्ती भएका स्थानबाट आफ्ना सैनिक फिर्ता बोलाउनेछ । यसको सात दिनपछि हमासले चारजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजाको दक्षिणी क्षेत्रमा थुप्रिएका मान्छेलाई उत्तरी क्षेत्रतर्फ आउन दिनेछ ।
यसअनुसार पहिलो चरणको युद्धविराम सम्भवतः ४२ दिनको हुनेछ । यो पहिलो चरणमा इजरायलले आफ्नो जेलमा रहेका एक हजार प्यालेस्टिनी बन्धक रिहा गर्नेछ । यही युद्धविरामको १६औँ दिनमा दोस्रो र तेस्रो चरणको युद्धविरामका लागि वार्ता हुनेछ । इजरायलको पत्रिका टाइम्स अफ इजरायलका अनुसार पहिलो चरणमा रिहा हुने ३३ जनामा बालबालिका, महिला, महिला सैनिक र वृद्धहरू हुनेछन् ।
पहिलो चरणको युद्ध विराम भएको १६औँ दिनमा हुने वार्ताका क्रममा बाँकी रहेका बन्धकको रिहाइका लागि कुराकानी हुनेछ । यो वार्ताका क्रममा पुरुष सैनिक, युवा, र मृत्यु भएका बन्धकको शरीर हमासले फिर्ता गर्नेछ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो ।
२५१ जना बन्धक मध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो । आठजना बन्धनकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । त्यसैगरी इजरायली सेनाको आक्रमणमा परेर तीनजना बन्धकको मृत्यु भएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना छन् ।
इजरायली सरकारका अनुसार ती ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवितै हमासको नियन्त्रणमा छन् । यही अवसरमा परराष्ट्रमन्त्री राणाले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरकी हुन् । बीबीसीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री शाहीसँग राष्ट्रसंघका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
माघ २४, २०८१ बिहिबार
वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
माघ २४, २०८१ बिहिबार
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार