सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार ६:४३:४२
२ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।
दिउँसो देशभर आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ । राती भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
रामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार