कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला

नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार ९:४५:४९

२ माघ, कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् ।
‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशको आयोजनामा मङ्गलबारदेखि सुरु भएको हो ।
यही माघ ३ गतेसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको शुभारम्भ गर्दै कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्दै उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्व र यसको पहिचान देशविदेशमा पुग्ने बताए ।
उनले मह उत्पादक किसानलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजार सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै यसबाट मह उत्पादक किसानलाई प्रवर्द्धन हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
हुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार