एसएसपी बढुवामा राजनीतिकरणः अब्बललाई बढुवामा छुटाइयो, नेता निकट र आर्थिक मामिलामा विवादितको भने बढुवा

नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार १२:५५:११

२ माघ, काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपीको हिजो एसएसपीमा बढुवा सिफारिस हुँदा व्यापक राजनीति र पैसाको चलखेल गरिएको छ । बढुवा सिफारिसमा अब्बल तथा सिनियर प्रहरी अधिकृतहरूलाई पछि पार्ने र पैसा, भेगीय एवं क्षेत्रीयतावादी आधारमा बढुवा सिफारिस भएको आरोप लागेको छ । बढुवा सूचीको १ नम्बरमा रहेका एसपी विमल बस्नेतलाई बढुवा नै दिइएन भने एमाले–कांग्रेस गठबन्धनका मुख्य विचौलिया भनेर चर्चित क्याप्टेन रामेश्वर थापाका साख्खै भाई रमेश थापाको १ नम्बरमा बढुवा गरिएको छ । उनी यसअघि ४ नम्बरमा थिए ।
विगतमा पनि नेता निकट र पैसाको बिटो बुझाउनेहरूको कार्यसम्पादन मूल्यांकनमा अगाडि पार्ने तर नेता र पैसा दुवै बुझाउन नसक्ने व्यावसायिक प्रहरी अधिकृतहरूलाई कासमुमा सधैं पछि पारिँदै आएको थियो, त्यसले यसपटक पनि निरन्तरता पाएको छ। १५ नम्बरमा रहेका अजय केसीलाई २ नम्बर, १२ नम्बरमा रहेका अनुपशमशेरलाई ३ नम्बरमा, १७ नम्बरमा रहेका बीरबहादुर बुढालाई ४ नम्बरमा र १६ नम्बरका नवराज अधिकारीलाई ५ नम्बरमा ल्याइएको छ ।
उनीहरू तीन जना सुदूरपश्चिम घर भएका र कांग्रेस निकट नेताहरूसँग सम्बन्ध भएका प्रहरी अधिकृत भएकै कारण अघि ल्याइएको आरोप लागेको छ । हाल वरियताको दुई नम्बरमा रहेका गोविन्द अधिकारीलाई ९ नम्बरमा, ३ नम्बरमा रहेका विनोद सिलवाललाई १० नम्बर तथा ६ नम्बरमा रहेका विमलराज कँडेललाई अन्तिम २३ नम्बरमा पुर्याइएको छ । त्यसैगरी अन्तिम ३८ नम्बरमा रहेका राजेन्द्र धमलालाई २० नम्बरमा बढुवा गरिएको छ । तर ३७ नम्बरमा रहेका दयानिधि ज्ञवालीलाई भने बढुवा नै दिइएको छैन । अझ ५ नम्बरमा रहेका प्रकाश रानाभाट ७ नम्बरका कमल थापालाई पनि बढुवाबाट बञ्चित गरिएको छ ।
यसैगरी २९ नम्बरका प्रभुप्रसाद ढकाल, ३१ नम्बरका प्रकाश मल्ल र २७ नम्बरका महेन्द्र खडकालाई भने अघि ल्याएर बढुवा गरिएको छ । सन्तोष खड्का, जनार्दन जीसी र रन्जु सिग्देललाई पनि बढुवामा पछि पारिएको छ । सिग्देल कुनै पनि विवादमा नआएकी महिला प्रहरी अधिकृत हुन् । दोस्रो नम्बरका प्रकाश रानाभाट र तेस्रो नम्बरका कमल थापा छुट्दा कास्कीमा रहँदा विवादास्पद र कुस्त कमाएका भनिएका अजय केसीलाई कांग्रेसको कोटाबाट अगाडि ल्याइएको बताइएको छ । केसी दोस्रो नम्बरमा बढुवा भएका छन् । केसी यसअघि १४ औँ नम्बरमा थिए । एसपीमा ११ औँ स्थानमा रहेका अनुपम शमशेर जबरा तेस्रो स्थानमा सिफारिस भएका छन् । उनी पूर्व डीआईजी रुपाल शमशेर राणाका छोरा हुन् ।
खड्का र जीसी पनि आफ्नो ब्याचमा नेपाल प्रहरीभित्र काविल र विवाद नआएका अधिकृत हुन् । दयानिधि ज्ञवाली, तुल बहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेतलाई छुटाइएको छ । कार्की आफ्नो व्याचमा एसपी हुँदा १ नम्बरमा बढुवा भएका थिए । त्यसैगरी ३७ नम्बरका दयानिधि ज्ञवालीलाई पनि एमालेको क्याडर भएपनि छुटाइएको छ । तर बारामा बसेर सीमा क्षेत्रमा घुमुवा परिचालन गरी कुस्त आर्थिक उपार्जन गरिरहेका महेन्द्र खड्कालाई भने बढुवा सिफारिस गरिएको छ । तराई मधेशमा बसेका प्रायः सबैले बढुवा हुने अवसर पाएका छन् ।
महोत्तरी बसेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका प्रकाश मल्ललाई १४ नम्बरमा उकालिएको छ । उनी ३१ नम्बरमा थिए । कार्यसम्पादन मूल्यांकनमा बाराका खड्का र हाल उजुरी छानविनमा बसेर घुमुवामार्फत असुल्न पल्केका प्रकाश मल्लको राम्रो नम्बर नभएपनि उनीहरुलाई गृहमन्त्रीका बिचौलियाहरुले आर्थिक लाभ लिएर बढुवा सिफारिसमा पारेको स्रोतको दावी छ । कार्यसम्पादन मूल्यांकनमा राम्रै रहेका १८ नम्बरको सूचीमा हाल बाँकेमा रहेका कार्कीलाई गृहमन्त्रालयमा नआएको र कम्युनिष्ट आस्था राखेको भन्ने हल्ला चलाएर बढुवा रोकिएको छ । सन्तोष सिंह राठौर २१, सञ्जयसिंह थापा २२ र विमलराज कँडेल २३ औँ नम्बरमा परे । कँडेल अगाडिको टोलीका हुन् भने थापा ६१ किलो सुन प्रकरणमा विभागीय कारबाही सिफारिस भए पनि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट रहस्यमय ढंगले उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार पाएका अधिकृत हुन् ।
एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् । त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
हेर्नुहोस् एसपी हुँदाको बढुवा सूचीको वरिष्ठता क्रम:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २६, २०८१ शनिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार