प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
कुसुम सेञ्चुरी
माघ २, २०८१ बुधबार १४:३१:३२
२ माघ, काठमाडौं । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको बलियो सरकार बनेपछि विपक्षी दलहरूले सदन र सडकमा बलियो उपस्थिति देखाउन मोर्चा बनाउने तयारी गरेका छन् । कांग्रेस एमालेबीच तत्कालै सहकार्य टुटने संभावना कमजोर भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सदन र सडकमा बलियो उपस्थिति देखाउनका लागि मोर्चा बनाउने तयारी गरेका हुन् । त्यसका लागि मधेशवादी दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्नै जिम्मेवारी माधव नेपालले लिएका छन् ।
आफूहरू बीचको सहकार्य २०८४ को चुनावसम्म नटुट्ने दाबी गरिरहँदा सत्ताबाहिर रहेका दलहरूले फरक–फरक मोर्चाबन्दीको कसरत गर्दा नेकपा एसभित्र भने विवाद भएको छ । संसदको तेस्रो शक्ति माओवादीदेखि मधेश केन्द्रित दलहरूसँग एकतासम्मको लक्ष्य लिएर गोलबद्ध हुने प्रयासमा छन् । तर सैद्धान्तिक धरातल भन्दा बाहिर गएर सत्ताका लागि छिन्नभिन्न हुने, सत्ताबाहिर हुँदा मन मिल्ने दलहरूको प्रवृत्तिले यस्ता मोर्चाबन्दीको प्रयासले तात्विक परिणाम भने दिन नसकेको भन्दै खनालले आपत्ति जनाएका हुन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र आफू सत्तामै रहेका बेला गठित समाजवादी मोर्चालाई ब्यूँताउने कसरतमा लागेको छ । हाल नेकपाका महासचिव नेत्रविक्रम चन्द संयोजक रहेको मोर्चामा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् । तर मोर्चाभित्रका दलहरू स्वयं यसको आवश्यकता र औचित्यमा स्पष्ट छैनन् । उपेन्द्र यादवको जसपा यसबाट बाहिरिएपछि अहिले सहभागी हुन आनाकानी गरिरहेको छ ।
आफ्नै आन्तरिक समस्याले जेलिएका दलहरूले अन्तर्दलीय मोर्चालाई बलियो बनाउन सक्नेमा तिनकै नेताहरूमा शंका छ । ‘म यो देशलाई अगाडि बढाउँछु , सम्बृद्धिको बाटो लैजाने मार्गचित्र यो हो भने कुनै दल र नेता अघि आएका छैनन् सबै आफ्नो गुटको स्वार्थमा छन् ,’ एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मंगलबार एक सार्वजनिक समारोहमा भने । उनले यस्ता विषयमा तत्काल छलफल गर्नुभन्दा जनतालाई डेलिभरी दिने काममा लाग्नु उपयुक्त हुने सुझाव पनि दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेशको तयारी गर्नु, साना दलहरुलाई संकट उब्जाउने गरि निर्वाचन प्रणालीमा संशोधन र थ्रेसहोल्ड फेरबदलको आशंकामा मधेश केन्द्रीत दलहरू फरक मोर्चाबन्दीको प्रयासमा छन् । सरकारलाई समर्थन दिएका जनमत पार्टी र अशोक राई समूहको जसपा नेपाल पनि यो दौडमा छन् । तर उपेन्द्र यादव सहभागी हुने भएपनि राई समूहको उपस्थिति नहुने बताइएको छ ।
राजनीतिक दलहरूले आफू अनुकूल सहकार्य, मोर्चाबन्दी र एकतासम्म गरेपनि त्यो टिकेको अवस्था भने देखिएको छैन । आफू कमजोर हुँदा मोर्चाबन्दी गर्ने तर अवसर आइलाग्दा छाडेर भाग्ने प्रवृत्तिका कारण पनि दलहरूको मोर्चाबन्दी लामो समय टिकेको देखिँदैन । प्रचण्डको स्वभावकै कारण अन्य दलहरूले मोर्चाप्रति त्यति विश्वास नगरेपछि रवि लामिछाने छुटेपछि रास्वपासँग पनि मोर्चाबन्दी गर्ने प्रचण्डको योजना रहेको छ । कांग्रेस र एमालेमा फाटो नआई अन्य दलले गठबन्धन तलमाथि पार्न गणितीय हिसाबले सम्भव छैन । समाजवादी मोर्चामा जम्मा चार दल आबद्ध छन् । नेकपा माओवादी केन्द्रका ३२ र नेकपा एकीकृत समाजवादी पार्टीका १० गरी प्रतिनिधि सभामा उनीहरूको जम्मा ४२ सांसद मात्र छन् । मोर्चामा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन ।
तर, प्रचण्डले गठबन्धन लामो समय नजाने दाबी गर्नु र त्यहीबेला समाजवादी मोर्चा पनि सक्रिय पार्नुले विभिन्न राजनीतिक अड्कलबाजीलाई जन्माइरहेको छ । तर, समाजवादी मोर्चा र स्वयं प्रचण्डले सरकार ढाल्ने खेलमा आफू नलाग्ने बताइरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपइतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार