मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा

महेन्द्र थापा
माघ २, २०८१ बुधबार १२:१९:४

२ माघ, बुटवल । कपिलवस्तु महाराजगञ्जका मोहम्मद जमसा फकिर हालै नेपाल प्रहरीको जवानको परीक्षामा उत्तीर्ण हुन सकेकोमा प्रसन्न छन । उनले महाराजगञ्जस्थित सेतो गुलाब नामक सामाजिक संस्थाबाट प्रहरी जवान जाँचका लागि निःशुल्क पूर्व अभ्यास तालिम लिएका थिए ।
त्यसैगरी महाराजगञ्जकै आशिष गडेरिया पनि प्रहरी जवान परीक्षामा उत्तीर्ण भएकोमा प्रसन्न छन । उनले पनि सेतो गुलाब संस्थाबाट पूर्व अभ्यास तालिम लिएका थिए । ‘सेतो गुलाब संस्थाले दिएको निःशुल्क पूर्व अभ्यास तालिमले हामीलाई परीक्षा उत्तीर्ण गर्न सघाउ मिल्यो’ मोहम्मद जमसा फकिर र आशिष गडेरियाले प्रसन्न मुद्रामा भने । विपन्न वर्गका आफूले सरकारी सुरक्षा अङ्गमा रोजगारीमा प्रवेश पाएकोमा खुसी लागेको उनीहरुले बताए । मोहम्मद जमसा फकिरले ४३ औँ स्थानमा र आशिषले ३३३ औँ स्थानमा नाम निकाल्न सफल भएका थिए ।
एक वर्ष अघि स्थापित सेतो गुलाब संस्थाले कपिलवस्तुको विशेष गरी महाराजगञ्ज इलाकालाई लक्षित गरी विपन्न, पिछडिएका र सिमान्तकृत वर्गका युवालाई स्वदेशमै रोजगारीमुलक काम गर्न सन्देश प्रवाह गर्दै आएको छ । त्यस क्रममा पहिलो चरणमा राष्ट्रिय सुरक्षा अङ्ग नेपाल प्रहरी र सेनामा भर्तीका लागि निःशुल्क पूर्व अभ्यास तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक विक्रम सिंह थापाले बताए ।
थापाका अनुसार उक्त संस्थाले महाराजगञ्ज क्षेत्रका विपन्न, पिछडिएका र सिमान्तकृत वर्गका युवाहरूलाई नेपाल प्रहरीको जवानमा भर्नाका लागि पाँच दिने निःशुल्क अभ्यास तालिम प्रदान गरेको थियो । पूर्व अभ्यास तालिमपछि संस्थाले लिएको परीक्षामा उत्तीर्ण भएका ११ जना सबै युवा नेपाल प्रहरीको परीक्षामा पनि उत्तीर्ण भएका छन । राष्ट्रिय सुरक्षा अङ्गमा मधेशी समुदायको सहभागिता न्यून रहेको बताउँदै पूर्व एससएपी थापाले यसमा सुधार ल्याउनुपर्ने बताए ।
मुलुकमा रोजगारीको अवसर नभएको भन्दै युवाहरू दिनहुँ विदेश पलायन भइरहेको अवस्थामा सुधार ल्याउँदै स्वदेशमै युवालाई रोजगारीमा लगाउन आफूले नागरिक स्तरबाट पहल थालेको थापाको भनाई छ । सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीमा भर्नाका लागि निःशुल्क तालिम प्रदान गर्ने कार्यक्रम थापाले बनाएका छन ।
अन्य सीपमूलक र स्वरोजगारमूलक तालिमका लागि पनि सम्बन्धित संस्था र निकायसँग समन्वय गरी ग्रामीण पिछडिएका वर्गको जीवनस्तर उकास्नका लागि टेवा पुर्याउने कार्यक्रम बनाएको जानकारी समेत थापाले दिएका छन ।
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार