कांग्रेस नेता कोइराला र बेलायती कानुनमन्त्रीबीच भेटवार्ता, संक्रणकालीन न्यायबारे छलफल

नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार १९:२१:५७

३ माघ, काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनबीच भेटघाट भएको छ । संसद् भवन (हाउस अफ कमन्स)मा भएको भेटमा उनीहरूबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा छलफल भएको थियो ।
यसैगरी नेता कोइरालाले बेलायतका स्वास्थ्य उपमन्त्री एन्ड्रु गिन्नेसँग पनि भेटघाट गरेका छन् । उनले संसद भवन (हाउस अफ कमन्स) मा मन्त्री गिन्नेलाई भेटेका हुन् । भेटमा नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र स्वास्थ्य बिमाका बारेमा कुराकानी भएको छ । कोइरालाले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गिन्नेसँग सहयोगको माग समेत गरेको उनको सचिवालयले जनाएको छ ।
यसैबीच नेता कोइरालासँग भेटेपछि बेलायती संसदको तर्फबाट नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरले बेलायतको संसदमा नेपालबारे आफ्नो धारणा राखेकी छन् । उनले नेपाल जलवायु परिवर्तनको चरम चपेटामा परेको र गत वर्ष काठमाडौंमा बाढीका कारण २ सय भन्दा बढीको ज्यान गएको प्रसंग उल्लेख गर्दै बेलायत सरकारबाट वर्षाैदेखिको पुरानो मित्र राष्ट्रका लागि के-कति सहयोग भयो भनि सरकारको जवाफ मागेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री शाहीसँग राष्ट्रसंघका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
माघ २४, २०८१ बिहिबार
वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
माघ २४, २०८१ बिहिबार
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार