सवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे

नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार २०:११:३३

३ माघ, दाङ । गत पुस २४ गते तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीय तिर्सना घर्ती मगरको मृत्यु भयो । बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भयो ।
दुर्घटनापछि आक्रोशित स्थानीय र आफन्तले एक दिन तुलसीपुरमा बजार बन्द गराए । प्रहरी प्रशासन, यातायात व्यवसायी र पीडितपक्षबीच सहमति भएपछि मृतकका परिवारलाई सरकारले बिमाबापत उपलब्ध गराउँदै आएको रु पाँच लाख रकममा समितिले साढे दुई लाख रकम उपलब्ध गराउने र मृतककी एक छोरीलाई कक्षा १२ सम्म निःशुल्क पठाउने जिम्मा राप्ती त्रिशिद्देश्वरी यातायात प्रालिले लिने सहमति भयो । उक्त दुर्घटनामा संलग्न बसका चालक हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा छन् ।
त्यस्तै गत कात्तिक २२ गते गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा १ ज ४३८ नं को जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा भएको दुर्घटनामा परी चारजनाको घटनास्थमै मृत्यु भयो । सो दुर्घटनामा आठ जना गम्भीर घाइते भए । मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए ।
त्यसैगरी गत साउन १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नं को मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोराही ७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए ।
यी तीन वटै दुर्घटनामा प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी भएको निष्कर्ष निकाल्यो । मोटरसाइकलले ठक्कर दिनुको कारण चालकले मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाएको प्रहरीको अनुसन्धानले निष्कर्ष निकाल्यो ।
चालु आर्थिक वर्षको पुससम्म जिल्लामा एक सय सात वटा सवारी दुर्घटनाका घटना घटेका छन् । ती सवारी दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
उनका अनुसार सो दुर्घटनामा परी ८० जना गम्भीर घाइते र ६४ जना सामान्य घाइते भएका छन् । गत आवको सोही अवधिमा जिल्लामा ६५ वटा सवारी दुर्घटनाका घटनामा २५ जनाको ज्यान गएको थियो । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेकामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा, बस सात, ट्रयाक्टर सात जीप तथा कार चार छन् ।
त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, ट्रिपर दुई, माइक्रोबस चार, साइकलका पाँच, डोजर एक वटा अन्य वटा रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८÷८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको थियो ।
जिल्लामा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । दुर्घटना न्यूनीकरणका लागि लमही–भालुवाङ सडकमा टाइम कार्ड सुरु गरिएको छ । तर पनि सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् । अनुसन्धानका क्रममा दुर्घटना घटनुको प्रमुख कारणमा तीव्र गति, मादकपदार्थ सेवन नै रहेको छ । त्यसबाहेक चालकको लापरबाही, यात्रुको गल्ती, सडकको दुरावस्थाका, यान्त्रिक गडबडी पनि कारक हुने गरेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफर्पिङमा स्कुल बस दुर्घटना: २ जनाको मृत्यु, ४१ घाइते (अपडेट)
माघ २७, २०८१ आइतबार
दक्षिणकालीमा स्कुल बस दुर्घटना, चालकको मृत्यु
माघ २७, २०८१ आइतबार
रुखको हाँगाले लागेर एक जनाको मृत्यु
माघ २७, २०८१ आइतबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार