सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ

नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार १०:४५:१७

४ माघ, मुम्बई । बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो। चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे ।
त्यसपछि अभियुक्तले छुरा प्रहार गरेका थिए । यस हमलामा सैफ गम्भीर घाइते भएका छन् । आरोपीले सैफको पीठ, हात, घाँटी र खुट्टामा जम्मा ६ स्थानमा पटक पटक आक्रमण गरेका थिए । सैफको परिवार, पत्नी करीना कपुर खान, दुवै छोरा तैमुर अली खान र जहाँगीर अली खान सबै सकुशल छन् ।
आक्रमणको समयमा अभिनेताका जेठा छोरा इब्राहिम अली खान अपार्टमेन्टमा उपस्थित थिए। उनले तत्कालै घाइते बुवालाई लीलावती अस्पताल लगेका हुन् । डाक्टरहरूले सैफ अली खानको दुईवटा शल्यक्रिया गरेको जनाएका छन । हाल उनी खतरामुक्त रहेको बताइएको छ ।
यसैबीच, मुम्बई पुलिस र अपराध शाखा टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनलाई पक्राउ गर्न प्रहरीले छापा मारिरहेको छ । समाचार अनुसार ती आक्रमणकारी बिहान १ बजेदेखि २ बजेको बीचमा सैफ–करिनाको घरमा सिँढीबाट प्रवेश गरेका थिए, सुरूमा आक्रमणकारी सैफका छोराछोरी तैमुर–जेहको कोठामा प्रवेश गरेका थिए।
प्रहरीका अनुसार जब आक्रमणकारी तैमुर– जेहको कोठामा प्रवेश गरे, त्यहाँ घरकी अरियामा फिलिप उर्फ लिमा उपस्थित थिइन। घरेलु कामदारका अनुसार अभियुक्तले उनीहरुलाई समातेको थियो । यो देखेर घरका अरू कामदार चिच्याए । आवाज सुनेर सैफ तुरुन्तै आफ्ना छोराछोरीको स्वास्थ्य जाँच गर्न कोठामा पुगेका मात्र थिए, उनी माथी आक्रामण सुरू भएको थियो । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनको अगाडि चक्कु निकाले ।
जब अभिनेताले आक्रमणकारीलाई सोधे कि तिमी के चाहन्छौं, आरोपितले सैफसँग पैसा मागे । सैफले सोधे, ‘कति चाहियो रु’ अभियुक्तले जवाफमा भने, ‘एक करोड रुपैयाँ ।’
त्यही बेला घरका कामदार पनि त्यहाँ पुगे । आक्रमणकारीले आफू पक्राउ पर्न सक्ने महसुस गरेपछि उनले सैफमाथि चक्कु प्रहार गरेका थिए । सैफमाथि राति २ः३० बजे हमला भएको थियो । अभिनेताले प्रहरीसमक्ष बयान दिएको बयानमा भनिएको छ ।
सैफ अली खान र करिना कपुर खान आफ्ना छोराहरूसँग मुम्बईको बान्द्राको खारमा रहेको सतगुरु शरण अपार्टमेन्टमा बस्छन्। उनको घर यस भवनको १२ औं तलामा छ। जेहको जन्म हुनु अघि सैफ र करीना बान्द्राको फर्च्युन हाइट्समा बस्दै आएका थिए । यहाँ उनले ११ वर्ष बिताए। जेहको जन्मपछि परिवार सतगुरु शरण अपार्टमेन्टमा सरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरकस्टारका निर्देशक इम्तियाज अलिले यस बर्ष तीन फिल्म ल्याउदै
माघ २६, २०८१ शनिबार
युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ
माघ २५, २०८१ शुक्रबार
बलिउड अभिनेता सोनु सुदविरूद्द पक्राउ पुर्जी जारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार