काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?

नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार १३:५९:४९

४ माघ, काठमाडौं । नेपाल प्रहरीमा एसएसपीको बढुवासँगै केही जिल्ला र कार्यालय प्रमुखहरुको सरुवा हल्ला चलेको छ । काठमाडौं परिसर तथा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको सरुवाको हल्ला चलेको छ ।
पुस २९ गते राती लामो रस्साकस्सीपछि नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिससँगै चार जिल्लाका प्रहरी प्रमुख पद खाली भएपछि काठमाडौ प्रहरी परिसर र उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुखहरुको पनि सरुवा चर्चा चलेको हो । काठमाडौं परिसरमा वसन्त रजौर र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई आएको साढे आठ महिना मात्रै भएको छ । सामान्यतया कार्यालय प्रमुखहरुको सरुवा एक वर्ष भन्दा अघि हुँदैन । यी दुई कार्यालयमा आउनका लागि ठूलै शक्ति केन्द्रको दलबल आवश्यक पर्ने भएकाले दुई एसएसपीहरु यसका लागि तयारी अवस्थामा रहेका छन् ।
खासगरी एसएसपी रमेश बस्नेत र विश्व अधिकारीले यी दुई कार्यालयको कमाण्ड गर्ने इच्छा जाहेरमात्र गरेका छैनन् न्वारान देखिको बल समेत लगाएर शक्ति केन्द्र धाइरहेका छन् । आइजीपी वसन्त कुँवरले पनि उनीहरुलाई त्यहाँ ल्याउने आश्वासन दिइसकेका छन् । उनीहरुको सरुवा हुनु अघि सिआइबीबाट सुर्दशन कोइराला लागु औषध व्यूरोको प्रमुखमा पुगिसकेका छन् । उनी शेरा दरबार जग्गा प्रकरणको अनुसन्धानमा मुख्य अधिकृतको भूमिकामा थिए ।
अहिले बारा प्रहरी प्रमुख महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज कोइराला र इलामका प्रभु ढकाल एसएसपीमा बढुवा सिफारिस भएसँगै त्यहाँ प्रमुख रिक्त भएको छ । यसका साथै अन्य केही जिल्लाका एसपीहरु समेत सरुवाको तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार दर्जन जिल्लाका प्रहरी प्रमुख हेरफेरको तयारी छ ।
जस्तो पर्सा, रुपन्देही, बाँके, गोरखा, काभ्रे, कञ्चनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेतलगायत जिल्लाका एसपीहरुको १ बर्ष समयावधि पुग्न लागेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर सरुवाको तयारीमा गरेका छन् ।
जसमध्ये पर्सा, बारा, रुपन्देही, बाके, काभ्रे, झापा, मोरङ, कैलाली, कंचनपुर जानको लागि एसपीहरु दौडधुप शुरु भैसकेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा जानको लागि आधा दर्जन एसपीहरु लागिपरेका छन् । पर्सामा कुमोद ढुंगेललाई काठमाडौं सरुवा गराएर त्यहाँ जानका लागि केही एसपीहरु अहिले गृहमन्त्रीको सरकारी निवासमा धाउन थालेका छन् ।
आकर्षक जिल्लाको रुपमा चिनिएको पर्साका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सुरक्षा अधिकारीहरुले ताकेका छन् । एसपीद्वय सन्तोष तामाङ र राजन लिम्बूले आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । तामाङले झापाका कृष्ण सिटौलालाई पनि उपयोग गरिरहेका छन् । लिम्बुको यसअघि जिप्रका मोरङ काज सरुवा भएको थियो । तर उनलाई बीचमै फर्काएकाले यसपल्ट राम्रो जिल्ला कमाण्ड गर्न दिने तयारी रहेको छ ।
प्रबन्धमा बसेर बद्नामी कमाएका एसपी गोविन्द पुरीले पनि आकर्षक जिल्लाका लागि एमाले पंक्तिलाई प्रभावमा पार्न खोजिरहेका छन् । तर आइजीपीले उनलाई बारा पर्सा, झापा बर्दिया, बाँके , रुपन्देहीमा पठाउन चाहेका छैनन । उनले रुपन्देही जानका लागि लबिङ गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार
माघ २६, २०८१ शनिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २८, २०८१ सोमबार