पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार १५:१४:१७

४ माघ, काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।” खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।
भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
खान सन् २०२३ को अगष्टदेखि जेलमा हुन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका थिए ।
उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएका थिए, भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन खानलाई राखिएको जेलमा उपस्थित भएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा
माघ २४, २०८१ बिहिबार
गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार