कांग्रेसले भन्यो, चैत १९ भित्र क्रियाशील सदस्यताको शुल्कसहित विवरण बुझाइसक्नु (सूचीसहित)

नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार १९:२७:२०

४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आगामी चैत १९ भित्र क्रियाशील सदस्यता नवीकरणको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ । चैत १९ गते दिउँसो ३ बजेभित्र शुल्कसहित क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउन पठाउन सर्कुलर जारी गरेको हो ।
क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले तहगत रूपमा मिति तोकेरै कार्यतालिकासमेत बनाएको छ। कांग्रेसले वडा, गाउँ-नगर, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला कार्यसमितिलाई कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण गर्नसमेत भनेको छ।
महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरेको छ । १५औँ महाधिवेशनका लागि पूर्वसर्तका रूपमा रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्छ ।
०७८ मंसिरमा १३औँ महाधिवेशन गरेको कांग्रेसको नियमित महाधिवेशनको अवधि आगामी मंसिरमा सकिन्छ । कांग्रेसमा नियमित समयमा महाधिवेशन गर्ने र विधानले दिएका सबै सुविधा उपयोग गर्ने विषयमा संस्थापन र संस्थापनइतरबीत मतभेद रहेको छ । त्यहीकारण क्रियाशील सदस्यता वितरण नै नियमित हुन नसकेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले ताकेता गरेको हो ।
कांग्रेसले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको हो । कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री शाहीसँग राष्ट्रसंघका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
माघ २४, २०८१ बिहिबार
वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
माघ २४, २०८१ बिहिबार
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार