सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल

नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार २०:२८:३४

८ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासनको चुनौती रहेको बताएका छन् । स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतीको सवाल भएको बताए ।
जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पूरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहनाअनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु ।” सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयनमा हराउने प्रवृत्ति विद्यमान रहेकाले अब उपरान्त नडगमगाइ अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उनको भनाइ थियो ।
पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गरे । उनका अनुसार कर्णालीको विकासबिना मुलुकको विकास असम्भव भएकाले प्रदेश सरकारका प्राथमिकताका योजनामा सङ्घ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
हुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार