जर्मनीमा किशोरावस्थामा नियमित मदिरा सेवनकर्ताको सङ्ख्या घट्यो
इन्द्र रिजाल
बैशाख २५, २०७६ बिहिबार ५:१८:३८
बर्लिन । किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको छ । पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।
देशको सङ्घीय स्वास्थ्य शिक्षा केन्द्रले बुधबार सार्वजनिक गरेको सर्वेक्षण विवरण सन्तोषजनक र उल्लेखनीय रहेको अधिकारीहरूले बताएका छन् ।
सर्वेक्षणले देशका उल्लेखित उमेर समूहका ८.७ प्रतिशतले मात्र अहिले नियमित मदिरा सेवन गर्ने गरेको देखाएको छ । सर्वेक्षणकर्ताहरूले हरेक हप्तामा कम्तीमा एक पटक मदिरा सेवन गर्नेलाई नियमित मदिरा सेवनकर्ताका रूपमा गणना गरिएको जनाएका छन् ।
नियमित मदिरा सेवन गर्ने सो उमेर समूहको यो तथ्याङ्क ‘ऐतिहासिक रूपमा थोरै’ रहेको अधिकारीहरूले बताएका छन् । यसअघि सन् २००४ मा यही उमेर समूहमा नियमित मदिरा सेवन गर्नेहरूको सङ्ख्या २१.२ प्रतिशत रहेको जनाइएको छ ।
“जर्मनीमा यस अगाडि यस्तो सन्तोषजनक अवस्था कहिल्यै आएको थाहा थिएन्,” सर्वेक्षणमा सहभागी एक सर्वेक्षणकर्ताले भने । उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त र जोडदार प्रयासले मदिरा प्रयोगकर्ताहरूको सङ्ख्या घटाउन सफल भएको पनि बताए ।
युरोपेली मुलुकहरूमा मानिसको स्वास्थ्य बिगार्ने वा रोगी बनाउने र मृत्युको मुख्य कारणमध्ये मदिरा नै तेस्रो मुख्य कारण भएको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन ‘डब्लूएचओ’ का अनुसार युरोपेली मुलुकमा मदिराको प्रयोगको मात्रा बाँकी विश्वको औसतको दोब्बर रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार