प्रधानमन्त्री नआउने सन्देश दिँदै गृहमन्त्रीले भने, टन्सिल भएर उहाँ बालवाटारमै आराम गरिरहनुभएको छ ।

नेपालबहस संवाददाता
माघ ९, २०८१ बुधबार १७:३:१२

९ माघ, काठमाडौं । सशस्त्र प्रहरीले २४ औँ ‘सशस्त्र प्रहरी दिवस–२०८१’ मनाएको छ । हल्चोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए । तर, उनी उपस्थित भएनन् । उनको सन्देश गृहमन्त्री रमेश लेखकले सुनाए । उनले भने, ‘उहाँलाई टन्सिलको समस्या रहेको छ, स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएन । बालुवाटारमा आराम गरिरहनुभएको छ ।
सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा वर्षेनि आयोजना हुने समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री जाने प्रचलन छ । त्यसअनुसार, सशस्त्र प्रहरी बलले प्रधानमन्त्री ओलीलाई बुधबार आमन्त्रण गरेको थियो । प्रधानमन्त्री उपस्थित नभएपछि समारोहमा गृहमन्त्री लेखक प्रमुख अतिथिका रुपमा उपस्थित भए । प्रधानमन्त्री ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने निमन्त्रणा कार्डमै उल्लेख थियो । अन्तिम समयमा प्रधानमन्त्री आउने कार्यक्रम रोकिएको जानकारी आएपछि कार्ड सच्याउन मिलेन ।
ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि हल्चोक नगएको गहृमन्त्री लेखकले जानकारी दिए । गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने उत्कृष्ट इच्छा र चाहना भएपनि स्वास्थ्य समस्याले आउन नसकेको कार्यक्रममा बताए । प्रधानमन्त्री नआएपछि मुख्य अतिथि बनेका गृहमन्त्री लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरे ।
आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको दावी गरे । कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले बताए ।
मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको लेखकले बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’ सो ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताएका छन् । उनले भने,‘केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्दैछौँ ।’
विपद् व्यवस्थापन सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै लेखकले सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी फायर फाइटिङ स्कुल निर्माणको प्रस्ताव गरिएको बताएका छन् । उनले भने, ‘आगलागीको नियन्त्रणका लागी फायर फाइटिङ स्कुल निर्माण गर्ने प्रस्ताव अघि बढाएका छौँ ।’ त्यस्तै, कानुनी दायरामा रहेर कर्तव्य पालना गर्दा सरकार सधैँ सशस्त्र प्रहरीका कर्मचारीहरूको साथमा रहने लेखकले बताए ।
उनले सशस्त्र प्रहरीको विधेयकलाई संघीय संसदमा दर्ता गरिने जानकारी दिए । माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो । शान्तिकालमा सशस्त्र प्रहरीलाई पृथकतावादी, आतंकवादी गतिविधि नियन्त्रण, महामारी र दैवी प्रकोपमा उद्दारमा सहयोग, सीमा सुरक्षा, सार्वजनिक महत्वका भवन, संरचना तथा विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा खटाइँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
माघ १६, २०८१ बुधबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार