सुप्रिम सहकारी ठगी प्रकरणः रविको थुनछेक बहसमा सरकारी वकिलले न्यायाधीशमाथि नै उठाए प्रश्न

नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार १५:२:२४

१० माघ, रुपन्देही । रुपन्देही जिल्ला अदालतमा जारी रवि लामिछानको थुनछेक बहसका क्रममा सरकारी वकिलले इजलासमा बसेका न्यायाधीशमाथि पश्न उठाएका छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरका प्रतिवादीलाई बहस नै नगरी अदालतबाट परिवारको जिम्मा लगाएको विषयमा सरकारी वकिलले प्रश्न उठाएका हुन् ।
बुधबार दिनभर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान भएको थियो । आजबाट उनको थुनछेक बहस सुरु भएको छ । थुनछेक बहस सुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाए । थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाडेको भन्दै सरकारी वकिलले प्रश्न उठाएका हुन् । यो मुद्दामा न्यायाधीश योगीले मुद्दा हेर्न नमिल्ने घोषणा गर्नुपर्ने उनीहरुको तर्क थियो ।
बिहीबार सुरु भएको थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले सहकारीको रकम प्रत्यक्ष रूपमा खर्च गरेको स्पष्ट देखिएका अभियुक्तलाई बहस नै नगरी किन परिवारको जिम्मा लगाइयो भन्ने प्रश्न गरे । हाजिर भएकै दिन थप बहस नै नगरी प्रहरी हिरासतमा राख्नु पर्ने व्यक्तिलाई परिवारको जिम्मा लगाइनु गलत भएको उनले बताए ।
प्रहरी हिरासतमा राख्नु पर्ने अभियुक्तलाई थुनछेक बहसअघि नै परिवारको जिम्मा लगाएपछि थुनछेक बहसको औचित्य के । अब त थुनछेक बहसको अर्थ नै भएन । हाम्रो माग नै अभियुक्तलाई हिरासतमै राखेर थप अनुसन्धान हुनुपर्छ भन्ने नै जिकिर आफूहरूको रहेको उनले बताए । बिहीबारदेखि सुरु भएको थुनछेक बहसमा उपस्थित हुँदै सरकारी वकिलहरूले प्रतिवादीतर्फका अभियुक्त लामिछानेलाई हिरासतमै राख्नु पर्ने जिकिर गरेका छन् ।
बिहीबारको बहसमा सरकारका तर्फबाट सरकारी वकिलहरू न्यायाधिवक्ता पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका छन् । जारी बहसमा अहिले उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शोभकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले बहस छ । जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन भने अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहित ९ जनाले बहस गर्ने बताइएको छ ।
दुवैतर्फका बहस सकिएपछि जवाफी बहस हुनेछ । त्यसपछि अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधरण तारेख राख्ने मध्य एक आदेश आउनेछ । गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहारा चितवन सहकारी ठगी प्रकरणः अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी
माघ २४, २०८१ बिहिबार
साहारा चितवन सहकारी ठगी प्रकरणः चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
माघ २४, २०८१ बिहिबार
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार