ईन्डियन प्रिमियर लिग : दिल्ली क्वालिफायरमा छनोट, हैदराबाद आउट !
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार १३:१०:७
एजेन्सी । दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट ‘आइपीएल’को क्वालिफायरमा छनोट भएको छ । इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादको चुनौती पार गर्दै २ विकेटले पार गर्दै दिल्लीले क्वालिफायरमा चेन्नेई सुपर किंग्ससंगको भिडन्त पक्का गरेको हो ।
१ सय ६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकिय इनिङ्स खेल्दै दिल्लीको जितको रेखा कोरे । शाले ३८ बलमा ६ चौका र २ छक्काको मदलते सो स्कोर खडा गरेका थिए । ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके ।
शिखर धवन १७ रनमा आउट भएको खेलमा श्रेयश लेयर ८ रनमा पोविलियन फर्किए । हैदराबादका खलील अहेमद र रसिद खानले समान २-२ विकेट लिए । यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
मार्टिन गुप्टिलले बनाएको ३६ रन टोलीको सर्वाधिक स्कोर रह्यो । मनिष पाण्डेले ३० र कप्तान केन विलियम्सले २८ रन बनाए । विजय शंकरको नाममा २५ रन रह्यो ।
दिल्लीका इशान्त शर्माको नाममा सर्वाधिक २ विकेट रह्यो । विजेता दिल्लीले फाईनल प्रवेशका लागि चेन्नेई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई ईन्डियन्स प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित
माघ ८, २०८१ मंगलबार
क्यानको अनुशासन कारबाहीमा परे सन्दीप लामिछाने, एक खेल खेल्न प्रतिबन्ध
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार