सूर्यदर्शन सहकारी ठगी प्रकरण: धरौटीको रकम चर्को भयो भन्दै उच्च अदालत पोखरा पुगे लामिछाने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १४, २०८१ सोमबार १३:५२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi_oel1gZ46l6_vacjzJozvF_zaZ8M50iZW.jpg)
१४ माघ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछाने धरौटीको रकम चर्को भयो भन्दै उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् । लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ ।
उनले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो । पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने सोमबार कास्की अदालत पुगेका हुन् ।
६५ लाख रूपैयाँ धरौटी माग्ने कास्की जिल्ला अदालतको आदेशविरूद्ध रवि लामिछाने उच्च अदालत गएका हुन् । कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते रविलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।
उनलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष यसअघि नै उच्च अदालत पुगिसकेको छ । त्यसको प्रतिवादमा रवि पनि धरौटी रकम चर्को परेको भन्दै अर्को निवेदन लिएर गएका हुन् । निवेदन दर्ता भएको छ । कास्की अदालतको आदेशमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी रविले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार
नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य [ फोटो फिचर ]
फागुन १, २०८१ बिहिबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार
नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य [ फोटो फिचर ]
फागुन १, २०८१ बिहिबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार