अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०८१ मंगलबार १५:४९:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/turm__Ja4nQz2JYg_zPV0LZXJqw.png)
१४ माघ, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन्।
ट्रम्पले रक्षा मन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच 'नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड' को कार्यान्वयन योजना पेश गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष–आधारित अवरोधकहरूको विकास पनि समावेश छ ।
सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए ।
तथापि उनले यो प्रणाली छोटो दूरीका खतराहरूको लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे । यसले यसलाई संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरू विरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ ।
“विगत ४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारहरूबाट खतरा अझ तीव्र र जटिल भएको छ”, सोमबारको कार्यकारी आदेशले अज्ञात विरोधीहरूको मिसाइल प्रक्षेपण क्षमताको विकासलाई उद्धृत गर्दै भन्यो ।
ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए ।
इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेटहरू खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ ।
“उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्”, ट्रम्पले मायामी बैठकमा भने, “त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ”।
उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशहरूमा पनि हस्ताक्षर गरे । यसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविराम सङ्कट समाधानमा प्रगति : प्यालेस्टिनी वार्ता स्रोत
फागुन १, २०८१ बिहिबार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन ‘खुसी’
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा पूर्ण इजलासमा पेश हुने
फागुन १, २०८१ बिहिबार
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
फागुन १, २०८१ बिहिबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा