रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप

नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार ७:१:५४

१६ माघ, रौतहट । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाइने भएको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङक संकलन गरी सोही अनुसारको जनशक्ती व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेकि १० हजार बढि कुल ४९ हजार २६९ जना बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिएका छन् ।
पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
त्यस्तै दोस्रो चरणमा माघ ३० गते देखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको जनस्वास्थ्य प्रमुख सिंहले बताएका छन् ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित एचपिभि खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन अगामी माघ २२ देखि फागुन ६ गते सम्म देशव्यापी एचपीभी खोप अभियानको संचालन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार