इजरायल पछि हटे पछि ३ लाख विस्थापित गाजामा फर्के
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार १२:२८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news809080._nEXQJu5s1F_zYptr6nC45.jpg)
१६ माघ, गाजा । इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।
युद्ध सुरु भएपछि १० लाखभन्दा बढी मानिस दक्षिणतिर भागेर गएका थिए । साथै, १५ महिने लामो युद्दमा गाजामा इजरायली हमलाका कारण ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन् ।
युद्धविराम सम्झौता अन्तर्गत इजरायलले जनवरी २५ देखि प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो। तर, इजरायल र हमासबीचको विवादका कारण २ दिन सो सम्झौता कार्यान्वयन हुन ढिलाइ भएको थियो ।
उता, हमासले गाजाका विस्थापित प्यालेस्टाइनीको फिर्तालाई आफ्नो विजयको रूपमा वर्णन गरेको छ। हमासले गाजा कब्जा गर्ने इजरायली योजना असफल भएको बताएको छ । उनीहरूले भनेका छन, ‘मानिसहरू आफ्नो घर फर्कनु इजरायलको पराजयको संकेत हो।’ इजरायलले सोमबार बिहान ९ बजे नेटजेरिम करिडोर खोलेको थियो ।
बीबीसीका अनुसार नेत्जेरिम करिडोर खुलेको २ घण्टाभित्र नै २ लाख विस्थापित प्यालेस्टाइनी पैदलै गाजा सीमामा प्रवेश गर्न सफल भएका थिए भने त्यसको २ घण्टापछि नाका सवारी साधनका लागि खुला गरिएको हो । अहिले पनि गाजामा बिस्थापितहरू फर्कने क्रम जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार