सशस्त्रमा दुश्मन हेरेको हेर्यो भन्ने गीतको चर्चा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार १२:४७:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/apf-police_8Xf9jvnQfM_RWenE1JMBY.jpg)
१६ माघ, काठमाडौं । नेपाली गीत संगीतमा तन्नेरी पुस्तामाझ अहिले एउटा गीत चर्चामा छ । भल्गर गायक भनेर चिनिएका दुर्गेश थापाको शब्द र स्वरमा रहेको त्यो गीत यतिबेला देशभरका विभिन्न महोत्सवहरुमा चल्ती भइरहेको छ । त्यो गीत हो– दुस्मन हेरेको हेर्यौ । गीतमा दुर्गेश थापाकै शब्द÷संगीत÷स्वर÷संगीत संयोजन एवम् नृत्य रहेको छ । रिलिज भएको छोटो समयमै ७१ लाखबढी भ्युजसहित युट्युबको ट्रेन्डिङ नम्बर २ मा रहेको छ । हाल यही गीतमा दुर्गेशले विभिन्न महोत्सवमा आफ्नो प्रस्तुति दिइरहेका छन् । बच्चादेखि वृद्धसम्मका दर्शकहरू यो गीतमा रमाएको पाइन्छ ।
पछिल्लो पटक सशस्त्र प्रहरीका अफिसरहरूलाई पनि यही लागु भएको छ । सशस्त्र प्रहरीमा आफुलाइ काबिल अफिसर भन्ने केही अधिकृतको तनाब अझ बढेको छ । आफुलाई काबिल भन्दै मिडियाबाजी गर्ने तर फिल्डमा कमजोर त्यस्ता अधिकृत आफू राम्रो बन्न होइन अरूको बद्नामी गर्न लागिपरेका थिए । ४ जना डीआईजीको पदावली नथप्न घुँडा धसेर लागे पनि सफल नभएका पहिलो ब्याचका डीआईजी सुरेश श्रेष्ठ , अन्जनी पोखरेल , पुरुषोत्तम थापाहरु अहिले आफ्नो मूल्यांकन गर्नुपर्ने अवस्था मा पुगेका छ्न् । पुराना टोलिलाई असक्षम भन्दै आरोप लगाउने उनीहरु त्यही पुरानो टोलिका डीआईजी गणेश ठाडा मगरले जाहां बस्यो त्यहिंको बाहिनी लाई उत्कृष्ट बनाएपछि के सोच्दै होलान् भन्ने चर्चा हलचोकमा छ ।
डीआईजी ठाडा मगरले २०७८ सलामा छिन्नमस्ता बाहिनिलाई उत्कृष्ट बनाएका थिए भने अहिले पनि उनै कमान्डर रहेको चितवनको गढिमाइ बाहिनी सशस्त्र प्रहरी दिवसमा उत्कृष्ट घोषित भएको छ । यसले काबिल को भन्ने देखाउँछ हलचोकका एक उच्च अधिकारीको टिप्पणी छ । आफू बराह बाहिनी सुनसरीको प्रमुख हुँदा मातहतमा आतंक मच्चाएका र पहाडका गुल्मबाट कर्मचारी तानेर ४ सय भन्दा बढीलाई बाहिनी राखेर रासनमा बदमासी गरेका डीआईजी अन्जनी पोखरेलले र त्यसबेला पनि छिन्नमस्ता बाहिनी उत्कृष्ट भएपछि नाक जोगाउन निकै दबाब झेलेर एपीएफ सम्मान लिन काठमाडौं आएका थिए । त्यो सम्मान पनि माओवादीलाई रिझाएर सोर्स फोर्सको आधारमा लिएको र सम्मानको लागि आईजीपीलाई हदैसम्म्को दबाब दिएको त्यतिबेलै हलचोकमा चर्चा थियो । त्यही कारण अहिले आईजीपी राजु अर्याल र डीआईजी पोखरेलबीचको सम्बन्धमा दरार आएको छ । उनी यतिबेला स्टाफ कलेजबाट भारत भ्रमणमा गएका छन् ।
बाहिनिपती हुँदा २ सय बढी कर्मचारी सधै बिदामा हुने गरेको बताइन्छ । कहिल्यै गणपती सम्म नभएका सुरेश श्रेष्ठ र अन्जनीहरुको ज्यादती फिल्डमा भोग्नेलाई थाहा छ श्रोत भन्छ । ‘तिनै व्यक्ति अहिले आफूलाई युएन बसेको भनेर फुर्ती गर्छन्, युएन बस्दैमा संगठन चल्ने होइन’, श्रोत भन्छ । कमल गिरी, गणेश ठाडामगर कुल बहादुर नेम्वाङको एक वर्ष म्याद थपिएपछि सिसं १ र २ का अफिसरहरू तनावमा रहेका छन् । डीआईजीहरुको म्याद थप गर्न हुन्न भनेर लागेका उनीहरू हल्चोकको पार्टीमा पनि मुख देखाउन लजाइरहेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ
माघ २५, २०८१ शुक्रबार
सशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार