अमेरिकाले सार्वजनिक गर्यो निष्कासन गर्ने आप्रवासीको सूची, १३ सय ६५ जना नेपाली फिर्ता हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार १३:२३:०
![](https://nepalbahas.prixacdn.net/media/albums/fa25ed50-dada-11ef-b3ad-893e68d97f1e.jpg_kyQbaK2Gkg_Ngi8eKOv99.webp)
१६ माघ, काठमाडौं । अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार पाँचसय ४९ जना रहेको उल्लेख गरेको हो ।
यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । नोभेम्बर २४,२०२४ सम्म, १४ लाख ४५ हजार पाँचसय ४९ जना गैरनागरिकहरू भेटिए । जसलाई अमेरिकाबाट हटाउनुपर्नेछ, अमेरिकी अध्यागमन कार्यालयलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।
ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् । एजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
फागुन ३, २०८१ शनिबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
फिलिपिन्सको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलियो
फागुन ३, २०८१ शनिबार
म्यानमामा साइबर अपराधमा तीव्र वृद्धि, २९ जना पक्राउ
फागुन ३, २०८१ शनिबार