भारतसँग अतिरिक्त हवाई रुटका लागि नेपालको आग्रह, बाउन्ड्री वर्किङ ग्रुपबारे मन्त्री राणाको चासो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०८१ बुधबार १४:३३:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Arzu_Rana_and_Indian_secretary_ISjqwkVZ3z_KtdMVQU5uV_bYGfFxn5Yt.png)
१६ माघ, काठमाडौं । नेपालले फेरि एक पटक भारतलाई अतिरिक्त हवाई रुटका लागि आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटघाटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिरिक्त हवाई रुटका लागि आग्रह गरेकी हुन् । सो क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे पनि कुराकानी भएको छ ।
मन्त्री राणाको सचिवालयका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उनले भारतसँग अतिरिक्त रुटका लागि आग्रह गरेकी हुन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा मन्त्री आरजुले भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि आग्रह गरेको बताइएको छ ।
भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो ।
सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक चाँडै बस्नेबारे छलफल गर्दै यस्ता बैठक तथा द्विपक्षीय संयन्त्रका बैठकहरुले सम्बन्ध सुधार तथा आपसी सहकार्यमा सहजीकरण गर्ने चर्चा सो बैठकमा उनीहरुले गरेका थिए ।
मन्त्री राणाले अतिरिक्त हवाई रुटको विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावरमार्फत् भारत सरकारलाई आग्रह गरेकी हुन् । उनले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माणमा आवश्यक सामग्री ढुवानीका लागि सहजता बनाइदिन समेत आग्रह गरेकी छन् ।
सो सडकका लागि भौगोलिक विकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भइरहेकाले भारतको भूमि भएर ती सामग्रीको ओसारपसार गर्नुपर्ने देखिन्छ । त्यसका लागि नेपालले यसअघि नै भारतलाई औपचारिक रुपमा पत्र पठाएर सहजीकरण गरिदिन आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
फागुन ४, २०८१ आइतबार
जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
फागुन ४, २०८१ आइतबार
जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
फागुन ४, २०८१ आइतबार