अध्यादेश पारित हुन नदिने विपक्षी दलको रणनीति, आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनमा जाने

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार ११:२४:५०

१७ माघ, काठमाडौं । विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश यतिकै पारित हुन नदिने रणनीति लिएका छन् । अध्यादेश गलत नियतबाट ल्याइएको उनीहरुको ठहर छ । विपक्षी दलहरूको बैठकले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । भोलि देखि संसद अधिवेशन सुरु हुँदैछ ।
बिहीबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । संसदका विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने र राष्ट्रियता, जन जीविका र महंगी नियन्त्रणलगायतका विषयमा संसदमा सशक्त आवाज उठाउने निर्णय विपक्ष दलको छ ।
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, खास खास विषय जहाँ जनताका सवाल जोडिन्छन् । राष्ट्रियता, जन जीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउनुपर्छ भन्ने निर्णय गरेको छ । विपक्षी दलको बैठकमा सरकारले ल्याएको अध्यादेशका बारेमा गहन छलफल भएको उनले बताए ।
पाण्डेले सात दलहरू सहभागी भएको बैठकले भोलिदेखि सञ्चालन हुने संसद् अधिवेशनमा जनसरोकारका विषयहरू एकमत भएर उठाउने निर्णय गरेको उल्लेख गरे । बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय गरेको जानकारी समेत उनले दिए । उनका अनुसार विपक्षी दलहरूले संसद् बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनसाय रहेको निष्कर्ष निकालेको छ ।
उनले भने, ‘अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानूनहरू व्यवस्थित तरिकाले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ, सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसद्को अर्थ समितिमा छलफलमै छ ।’ सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्नेमा बैठकको जोड छ । सरकारबिरुद्व आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी उनको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन
फागुन ७, २०८१ बुधबार
माओवादीले फागुन १२ मा तराई–मधेश जनजागरण अभियान सुरु गर्दै
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार