महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार ११:४९:४६

१७ माघ, प्रयागराज । भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डीआईजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको छ ।
यससँगै उनले यो भागदौडमा कूल ६० जना घाइते भएका छन भने जसमध्ये ३६ जना अस्पतालमा भर्ना रहेको बताए । अन्य व्यक्तिलाई प्राथमिक उपचार दिइएर पठाइएको छ । विजय किरण आनन्द र वैभव कृष्ण डीआईजी महाकुम्भले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । केही व्यक्तिले ब्यारिकेड तोडेर अगाडि जान खोजेकाले उक्त दुर्घटना भएको उनले बताएका छन् ।
डीआईजी वैभव कृष्णले ब्रह्म मुहूर्त अघि ठूलो भीडको चाप रहेको र त्यसपछि ब्यारिकेडहरू तोडियो। प्रशासनले ९० जनालाई अस्पताल पुर्याएको थियो । ३६ घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मेला क्षेत्र र अखाडाका केही ब्यारिकेड फुटेका कारण दुर्घटना भएको हो । दौडिरहेका भक्तहरूको खुट्टा मुनि भुइँमा लडिरहेका भक्तहरू दबिएका थिए। प्रहरीका अनुसार मेला प्रशासनमा कुनै पनि भिआईपी प्रोटोकल थिएन, भक्तजनहरु ब्रह्म मुहूर्तको पर्खाइमा थिए । त्यसपछि पछाडिबाट भीडको दबाब आयो र यो दुर्घटना भयो।
भीडको दबाबका कारण भागदौडजस्तै अवस्था सिर्जना भए पनि घटनापछि प्रहरी प्रशासनले प्रभावकारी रूपमा नियन्त्रण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उत्तर प्रदेश प्रहरीको द्रुत प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुन नसकेको स्थानीयको भनाइ छ । दुर्घटनामा परेका प्रत्यक्षदर्शीले प्रहरी कर्मचारी हाम्रा लागि ईश्वरको सन्देशवाहक बनेर आएको नत्र ठूलो संख्यामा ज्यान गुमाउन सक्ने बताएका छन् ।
मौनी अमावस्याका कारण महाकुम्भ मेलामा ठूलो संख्यामा भक्तजन पुगेका थिए । बुधवार रातीदेखि नै शुभमुहूर्तमा संगममा डुब्नका लागि भक्तजनहरू तयार भएका थिए । यसैबीच भागदौडको घटना भएको हो । त्यसपछि प्रहरी प्रशासन अलर्ट मोडमा आयो । त्यस्तै मेला क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र घोषणा गरिएको छ । सवारी साधनको प्रवेश पास रद्द गरिएको छ । बाटो एकतर्फी बनाइएको । प्रयागराज छेउछाउका ५ जिल्लाबाट आउने सवारी साधन जिल्लाको सिमानामा रोकिएका छन् । सहरमा चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा पनि रोक लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ माथि रोक लगाएकोमा चौतर्फी आलोचना
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार