सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १३:१३:३६

१७ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको बताए। कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई संकट पर्दा दुई दल मिल्ने गरेको बताए।
‘धेरैको अनुमानविपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ,’ उनले भने।
सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनी गरेको प्रचारको ज्ञवालीले दाबी गरे। सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमालेलगायत अन्य दलमा आबद्ध मानिसहरूमाथि पनि मुद्दा चलिरहेको उनले बताए। ‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन,’ उनले भने।
सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएको ज्ञवालीले बताए। ६र६ महिलनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उनको भनाइ छ। यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसको केन्द्रमा रहेको उनले बताए।
देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए। माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ।
नेकपा एमाले सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उनले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनुपर्ने बताए। नेकपा एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’को मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले बताए। निरंकुशताको जेल, नेल भोगेर आएका एमाले नेताहरूले लोकतन्त्रको मर्म राम्रोसँग बुझेका उनले बताए। ‘स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ, पिन्जडाको सुगालाई मात्र स्वतन्त्रताको मूल्य थाहा हुन्छ,’ उनले भने।
उन पत्रकारितामा विश्वसनीयता सबैभन्दा महत्पूर्ण भएको बताए। यसमा पत्रकारले विशेष ध्यान दिनुपर्नेमा ज्ञवालीले जोड दिए। ‘लोकतन्त्रलाई मर्यादित बनायो भने मात्र लोकतन्त्र बच्छ, अराजकता र स्वच्छन्दताले लोकतन्त्रलाई कमजोर बताउँछ,’ ज्ञवालीले भने।
अहिले अरू सबै खराब म मात्रै ठिक भन्ने भाष्य निर्माण गरेर सामाजिक सञ्जालमार्फत अनेक खालका बितण्डा मच्चाउने काम भएका भन्दै ज्ञवालीले त्यसलाई नियमनको लागि सरकारले ऐन ल्याउन लागेको बताए। सो विधेयक संसदमा छलफल हुने भएकोले त्यसलाई परिमार्जनसहित व्यवस्थित बनाइने उनको धारणा छ। यस विषयमा सञ्चार क्षेत्रसँग पनि छलफल गरेर सुझाव लिइने बताए।
तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने उनले बताए। तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनले स्पष्ट पारे। मिडिया र सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नु पर्नेमा उनले जोड दिए। यसको लागि कहाँ योगदान दिनु पर्ने हो त्यो योगदान गर्न एमाले तयार रहेको बताए। असत्यको भिडबाट सत्यलाई किचिनबाट नजोगाउने हो भने सत्य मर्ने ज्ञवालीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार