गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १४:५१:१०

१७ माघ, वीरगञ्ज । देशकै मुख्य प्रवेशद्वार आर्थिक नगरी पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा एसपी गौतम मिश्रको आगमनसँगै तस्कर तथा लागूऔषध कारोबारीहरुको भागाभाग भएको छ । पछिल्लो समयमा यस क्षेत्रमा ब्यापक तस्करी बढेको थियो ।
पर्सा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनभित्रै अवैध गाँजा खेती नष्ट गर्नेदेखी विभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिइएको छ । मिश्रको आगमनपछि वीरगञ्जलगायत सहरी क्षेत्रसंगै जिल्लाको ग्रामीण भेगमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीले तीब्रता दिएको हो ।
एसपी मिश्रको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौली गाउँपालिका–२ फरकट्टी स्थित ६ कठ्ठा जग्गामा लगाइएको तीन हजार दुई सय गाँजाको बिरुवा फडानी गरी तथा नष्ट गरेको छ । जगरनाथपुर गाउँपालिका– ४ मोर टोलस्थित अवैध बालुवा बोकेको प २–०३–००१ त /४४३० नं / को बालुवा लोड ट्याक्टर र पटेर्वा सुगौली गाउँपालिका–४ करवोला चौक स्थित ना / ४त/ ७०४२, प्र २–०३–००१ त /५४१ नम्बरको ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याएको छ ।
त्यस्तै पर्सागढी नगरपालिका ३ स्थित झ्याङमा लुकाइएको सालको गोलिया ६ फिट लामो र अं/४/ ५ गोलाईको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय वीरगञ्जले जनाएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार एसपी गौतम मिश्र केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय वीरगंजको कमाण्ड सम्हालेका थिए ।
उनी जिल्ला प्रहरी कार्यालय बारामा पनि डीएसपीको रुपमा काम गरिसकेका छन् । बारासंगै जोडिएको पर्सा जिल्लामा हुने गरेको तस्करी तथा लागूऔषध कारोबार नियन्त्रणसँगै आपराधिक क्रियाकलाप न्यून गर्ने पहिलो प्राथमिकतामा रहेको एसपी मिश्रले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु