संघीय संसद घेराबन्दीको तयारीमा प्रतिपक्षः प्रचण्डमाथि नैतिक प्रश्न उठाउने त्यो अधिवेशन र यो अधिवेशन ?

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १३:४८:३६

१७ माघ, काठमाडौं । सरकारले भोलि माघ १८ गते संसदको हिउँदे अधिवेशन बोलाएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको विपक्षी दलको बैठकले सरकारले ल्याएका अध्यादेशको प्रतिकार गर्ने निर्णय गरेको छ । यसअनुसार शीर्ष नेताको सम्बोधनपछि प्रतिनिधिसभा बैठक अवरुद्ध हुनसक्छ । माओवादीका प्रवक्ता अग्नि सापकोटाले संसद बैठक घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।
यसअघि बालुवाटारमा बसेको सत्ता पक्षको बैठकले संसद अधिवेशनलाई प्रभावकारी, होहल्लारहित र छोटो बाटोबाट हालै जारी भएका अध्यादेश पारित गर्ने निर्णय गरेको छ । सरकारसँग बहुमत रहेकाले प्रतिपक्षको विरोधकाबीच पनि संसद बैठकबाट अध्यादेश पारित हुनसक्ने सम्भावना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षले साथ नदिए पनि अध्यादेश नरोक्ने बताइसकेका छन् । प्रतिपक्षी दलका नेता प्रचण्ड यो पटक संसदमा अध्यादेशलाई लिएर हंगामा मच्चाउने पक्षमा छन् ।
अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबाट निर्देशन भइसकेको छ । कांग्रेसले दुई दिन यसबारे छलफल गरिसकेको छ भने शुक्रबार बिहान पनि संसदीय दलको बैठक बसेर संसदमा खेल्ने भूमिकाबारे छलफल गर्दैछ । यता, विपक्षी माओवादीले ठूला दलले अध्यादेशबाट शासन सञ्चालन गर्ने भाषा बोलेका कारण सदनमा प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताइरहेको छ । संविधानबमोजिम ल्याइएको अध्यादेशलाई पनि दिग्भ्रमित पारेर विरोध गर्ने काम भइरहको सत्ता पक्षको भनाइ छ ।
यता, अध्यादेशलाई लिएर संसद अवरोध गर्ने तयारीमा रहेका विपक्ष दलका नेता प्रचण्डमाथि भने सत्ता पक्ष पेलेर जाने कुराको विरोध गर्दा त्यसमाथि नै प्रश्न उठेको छ । प्रचण्ड उनै प्रधानमन्त्री हुन जसले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलगायतका दललाई पेलेर संसदीय इतिहासमै कालो दिन कहलिने गरी विश्वासको मत लिएका थिए, अघिल्लो संसद अधिवेशनमा । त्यो बेला प्रधानमन्त्री रहेका प्रचण्डले गएको जेठ ७ गते विश्वासको मत लिँदा मार्सल लगाएर रोष्टममा पुगेका थिए । उनले प्रधानमन्त्री भएको १७ महिनामा चौंथोपटक विश्वासको मत लिँदा संसदमा हंगामा भएको थियो ।
संसदीय इतिहासमा कालो दिन भनिएको त्यो संसद बैठकमा मार्सल लगाएर रोष्टममा पुगेका प्रचण्डले कांग्रेसलाई भनेका थिए । ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो । जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ । त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’ । प्रचण्डले कांग्रेसले इतिहासमा यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए । तपाईंहरू कांग्रेसका लागि चर्को पर्नेछ । आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ । कलंकको रूपमा हुनेछ, उनले भनेका थिए ।
उनले सरकारलाई स्थायित्वको साथमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको र यसबीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने, कुनै पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर बनाउने, सरकारलाई बदल्ने खालका कोसिसहरू भएको भन्दै कोसिस माकुराको जालो जसरी च्यातियो, त्यो कुनै लुकेको कुरा होइन र सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातियो भनेका थिए । उनले विश्वासको मत लिने क्रममा विपक्षी दलले विरोध र नाराबाजी गरेका थिए । तर उनीहरुको विरोध रोक्न संसदका मर्यादापालक (मार्सल) को प्रयोग गरेर प्रचण्डले विश्वासको मत लिएका थिए ।
यसरी मार्सल लगाएर विश्वासको मत लिएका प्रचण्ड अहिले विपक्षी दलको नेता छन् । त्यो बेला अहिलेको प्रधानमन्त्री ओलीको साथ लिएर उनले संसदमा मार्सल लगाएका थिए । उनै प्रचण्ड अहिले सरकारलाई अध्यादेश पारित गर्न नदिने पक्षमा उभिएका छन् । त्यो बेला उनलाई साथ दिने ओली अहिले प्रचण्डमाथि मार्सल लगाउने स्थानमा छन् । प्रचण्डको विरोधमा मार्सल लाग्ने सम्भावना धेरै छ । यसपटक प्रचण्डलाई रास्वपा, एकीकृत समाजवादीलगायतका दलको साथ छ । यसकारण यस पटक सरकारले ल्याएका ६ वटा अध्यादेशका विषयमा सत्ता र प्रतिपक्ष आसन्न संसद् बैठकमा आमनेसामने हुने निश्चित छ । अध्यादेशको प्रतिरक्षाका लागि सत्तापक्ष र विरोधमा प्रतिपक्षी दलले योजनाबद्ध तयारी गरिरहेका छन् । सरकारले भने प्रतिपक्षी दलहरूबाट अध्यादेशको विरोध लामो समय हुने अनुमानसाथ प्रतिस्थापन विधेयकलाई द्रुतमार्गबाट टुंग्याउने योजना बनाएको छ ।
शुक्रबार सुरु हुने अधिवेशनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदलाई निर्देशनात्मक उर्दी नै जारी गरेका छन् । संसदको पहिलो बैठकको एजेन्डा तय गर्न सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको कार्यव्यवस्था समितिको बैठकमा नै अध्यादेशसम्बन्धी विषयले सत्ता र प्रतिपक्षका प्रमुख सचेतक बीचमै चर्काचर्की परेको थियो । बैठकमा सत्तापक्षका प्रमुख सचेतकले अध्यादेशको बचाउ गर्दा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका थिए ।
सरकारले संसद्को हिउँदे अधिवेशन धकलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विरोध गर्न मोर्चाबन्दी कसिरहेका छन् । उता आइतबार र सोमबार चलेको कांग्रेस संसदीय दलको बैठक अध्यादेशको प्रतिरक्षा गर्ने विषयमै केन्द्रित थियो । एमालेको मंगलबार भएको संसदीय दलको बैठकको प्रमुख एजेन्डा पनि अध्यादेश नै थियो । अध्यादेशलाई मुद्दा बनाएर विपक्षी दलले विरोध गर्दा संसद् अधिवेशन प्रभावित हुने सक्ने भएकाले चाँडै अध्यादेश पारित गर्ने प्रक्रियामा जान लागिएको सरकारको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २६, २०८१ शनिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार