त्रिदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १५:३५:२७

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२० आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
रुविन रिकेको अर्धसतक प्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय टी२० सिरिजको पहिलो खेलमा नै घरेलु टोली नेपाललाई पराजित गरेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले सबै पूरा २० ओभरमा ७ विकेट गुमाउँदा मात्र एक सय ३७ रन बनायो ।
नेपाल र नेदरल्यान्ड्सबीच पहिलो पटक खेल भएको हो । सिरिजमा थाइल्यान्ड पनि सहभागी छ । नेपालले दोस्रो खेलम शनिबार थाइल्यान्डसँग खेल्नेछ । नेपालको लागि ओपनर सीता रानामगरले ४५ बलमा तीन चौकासहित सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले १७ बलमा एक चौका र २ छक्कासहित २७ रनको योगदान गरिन् ।
छैटौै नम्बर क्रिजमा पुगेकी पुजा महताले आक्रामक ब्याटिङ गर्दै २४ रन बनाइन् । यु–१९ टिमकी कप्तान समेत रहेकी पुजाले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरिन् । सिता बाहेक नेपालको माथिल्लो क्रम ब्याटिङ चल्नै सकेन । ओपनर सम्झना खड्काले ११ बलमा एक चौकासहित जम्मा ९ रन बनाइन् । कप्तान इन्दु बर्मा पनि १० बलमा ७ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल दबाबमा आयो । कविता कुवरले ८ र पूर्व कप्तान रुविना क्षेत्रीले जम्मा ११ रन बनाइन् ।
नेदरल्यान्ड्सको लागि कारोलाइन डि लिन्गे र इभा लेन्चले समान २ विकेट लिए । आइसिर ज्वालिङ र फ्रेडेरिको ओभरडाइजले समान एक विकेट हात पारेका हुन् । यसअघि पहिलो इनिङ्समा नेदरल्यान्ड्सको लागि चौथो नम्बर क्रिजमा पुगेकी रुविन रिकेले ४८ बलमा आठ चौकासहित अविजित सर्वाधिक ५९ रन बनाइन् । आइरिस ज्वाइलिङले १३ बलमा ३१ रनको अविजित योगदान गरिन् । रुविन र आइरिसबीच पनि पाँचौ विकेटको लागि अविजित ४७ रनको साझेदारी भएपछि नेदरल्यान्ड्स ठूलो स्कोर बनाउन सफल भयो ।
त्यस्तै, स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् । हेथर सिगेर्सले २३ रन बनाएकी हुन् । अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । नेदरल्यान्ड्सका लागि रुविन र सिगेर्सले चौथो विकेटको लागि ३४ बलमा सर्वाधिक ५४ रनको साझेदारी गरेका थिए । रुविन र कालिसले तेस्रो विकेटको लागि ५१ बलमा ४७ रनको दोस्रो ठूलो साझेदारी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी खेलको टिकट कसरी र कहाँबाट किन्ने ?
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी अगाडि भारतलाई ठूलो झट्का, स्टार खेलाडी घाइते !
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार