अस्थिरता हटाएर २०२६ सम्ममा देशको अर्थतन्त्रलाई मध्यम स्तरमा पुर्याउने लक्ष्य छः प्रधानमन्त्री

नेपालबहस संवाददाता
माघ १७, २०८१ बिहिबार १६:१०:५०
१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताएका छन् । ओलीले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।
राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको भन्दै उनले अहिले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताए । अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको जानकारी दिँदै उनले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुर्याउनका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए ।
यसबीचको केही अन्तरालको बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ, ओलीले भने, त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढंगले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ ।
नेपालको सूचना प्रविधि क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताए । अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको उने बताए । ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको बताए ।
नेपालको आयस्तर न्यून अवस्थामा रहेकाले त्यसमा परिवर्तन ल्याउनका लागि काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरेका थिए । उनले पूर्वाधार नभई देशको विकास हुन नसक्ने पनि बताए । त्यसका लागि सबैको पहल आवश्यक रहेको उनको धारणा थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यवसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्याृेग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताए । नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ प्रदर्शनी कक्ष रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु