इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार ८:८:१९

१८ माघ, काठमाडौं । इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।
मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा ९बकर इद० भन्दा ठीक अघि उनले स्वीडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए । यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानिय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।
इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन्। मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । कुरान जलाउनु अघि उनले भनेका थिए, ‘स्वीडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाए पछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।
तर, पछि उनले स्वीडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने, स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्वीडेन एक इराकी शरणार्थी हुन । स्विडेन छाड्ने विषयमा मोमिकाले स्वीडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठूलो झूट भएको बताउँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानमा दुई सातादेखि हुस्सु, आगामी दिनमा हिम पहिरोको चेतावनी
फागुन १२, २०८१ सोमबार
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु
फागुन १२, २०८१ सोमबार
मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु
फागुन १२, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार