अमेरिकन एयरलाइन्स दुर्घटनाः हेलिकोप्टर र जहाजमा सवार ६७ जनाकै मृत्यु, नदीमा ५० शव मात्र भेटिए

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार ११:१६:४९

१८ माघ, काठमाडौं । अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेपनि सबैको मृत्यु भएको छ । बुधबार राति अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान हावामै ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको थियो । यस दुर्घटनामा विमानमा सवार ६४ जना यात्रु र क्रु मेम्बरको मृत्यु भएको छ । ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको थियो ।
अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन् । बेपत्ता रहेका १७ जना पनि जीवित नरहेको खोजीकताहरले बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार ६४ र हेलकप्टरका तीन गरी ६७ जनाकै मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ ।
उक्त घटना २००१ पछि अमेरिकाको सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ । २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको मृत्यु भएको थियो । २००१ को सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाले चारवटा यात्री विमान अपहरण गरी आतंकवादी हमलामा प्रयोग गरेको थियो । ती चार विमानहरूमध्ये दुई विमान न्यू योर्कको वल्र्ड ट्रेड सेन्टरका टावरमा ठोक्काइएका थिए । एक विमान पेन्टागनमा र अर्को विमान पेनसिल्भेनियाको खेतमा दुर्घटनाग्रस्त भयो । यस हवाई आक्रमणमा २,९७७ जनाको मृत्यु भएको थियो ।
बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको पत्रकारहरूसँग बताएका छन् । जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए । उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन ।
नदीमा मानिसहरूको शव फेला पार्न खोजी अभियान सुरु गरिएको थियो । तर अब खतरनाक अवस्थाका कारण डाइभिङ टोलीले यो अपरेशन रोकेको खबर आएको छ । यो जानकारी बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले दिएको हो । आफूहरूले सुरक्षित रूपमा पुग्न सक्ने सबै ठाउँहरू खोजेको गोताखोरहरूले बताएका छन् ।
गोताखोरहरूले विमान दुर्घटनामा मारिएकाहरूको शव खोज्न सकुन् भनेर अमेरिकी तटरक्षक दल नदीबाट विमानको भग्नावशेष हटाउन मद्दत गर्न तयार छ । नदीमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि, गोताखोरहरूले आफ्नो काम पुनः सुरु गर्ने बताइएको छ ।एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ५ घाइते
फागुन १२, २०८१ सोमबार
सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार