कांग्रेस निकट कर्मचारी युनियनमा विवाद, अधिवेशन प्रभावित हुनेगरी अध्यक्षले विधान मिचेको आरोप

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १६:५५:२५

१८ माघ, काठमाडौं । महाधिवेशन नजिक आइरहेका बेला नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष गोपाल पोखरेलले पछिल्लो समय विधान विपरीत कार्य गर्न थालेको आरोप एकथरीले लगाएका छन भने अध्यक्ष पक्षधरले विपक्षीका आरोप निराधार भएको बताएका छन् । तर, युनियनभित्रको विवाद आगामी वैशाखमा तोकिएको ९ औँ महाधिवेशनलाई नै प्रभावित बनाउने गरी अगाडि बढेको छ । खासगरी यतिबेला अध्यक्ष पोखरेल र महासचिव जनकबहादुर रावलबीच विवाद छ ।
महासचिव रावल पक्षधरले विधान विपरीत महासचिवको अधिकार खोसेको आरोप लगाएको छ । युनियनका गतिविधिमा अध्यक्षले गरेका कार्यप्रति असहमति जनाउँदै महासचिव रावलले सामाजिक सञ्जालबाटै तीब्र असन्तुष्टि पोखेका छन् । उनको असन्तुष्टिबाट पनि युनियनभित्र निकै विवाद रहेको बुझिन्छ । अध्यक्षले मनोमानी गर्दा आगामी वैशाखमा तोकिएको महाधिवेशन पनि प्रभावित हुनसक्ने अधिकांश सदस्यको बुझाई छ । युनियनका एक सदस्यले दिएको जानकारी अनुसार यो विवाद समाधान नभए विधिसम्वत ढंगले नेपाल निजामती कर्मचारी युनियनको आसन्न ९ औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न नहुने स्थिति देखिएको छ ।
उनका अनुसार विधानमा युनियनको केन्द्रीय समितिको बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ । तर, अध्यक्ष पोखरेलले केन्द्रीय समितिको बैठक नबोलाई विधानमा उल्लेख नै नभएको उपत्यका स्तरीय बैठक बोलाएपछि विवाद बढेको हो । विधानमा उल्लेखित सदस्यतासम्बन्धी प्रावधान विपरीत निर्णय गरी परिपत्र गरेको तथा सदस्यता प्रमाणित केन्द्रीय अध्यक्ष र महासचिवले गर्नुपर्ने विधानको अनुसूचीमा रहेको व्यवस्था विपरीत महासचिवको दस्तखत बिना नै प्रमाणित हुने गरी युनियनको सफ्टवेर परिवर्तन गरेको बताइएको छ ।
युनियनको अधिवेशन गर्ने सन्दर्भमा तीन महिना अगावै सदस्यता वितरण रोक्नु पर्ने विधानमा व्यवस्था रहेको छ । अहिले पनि सदस्यता वितरण र जिल्ला अधिवेशन भएको अवस्थामा विधानको व्यवस्थामा संशोधन नगर्दा वैशाखमा तोकिएको अधिवेशन अनिश्चित हुने देखिन्छ, ति सदस्यले भने । यस विषयमा युनियनका अध्यक्ष गोपाल पोख्रेललाई बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । महासचिव रावलले नेपाल निजामती कर्मचारी युनियनमा अहिले विधान विपरीतका कार्य भएकाले विवाद देखिएको बताए ।
विधानमा उपत्यका स्तरीय बैठक होइन कार्यसम्पादन समितिको बैठकको व्यवस्था छ । कार्यसम्पादन समितिले के के गर्न सक्ने भन्ने पनि स्पष्ट व्यवस्था छ । बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने स्पष्ट व्यवस्था छ । तर अहिले गलत प्रक्रियाबाट विधानमा नै नभएको बैठक राखेर विधान मिच्ने निर्णय भएकोले मैले असन्तुष्टि जनाएको हुँ, रावलले नेपाल बहससँग भने । थप कुराकानी गर्न खोज्दा रावलले आफू व्यस्त रहेको बताए ।
युनियनका अर्का एक सदस्यका अनुसार अध्यक्ष पोखरेलले महासचिव रावललाई बाइपास गर्न खोज्दा यस्तो भएको हो । विधानको दफा ९ उपदफा (१) र (४) विपरीतको निर्णय मात्र होइन अनुसूची ८ र ९ लाई खारेज सरह गरी महासचिव पदलाई नै अघोषित रुपमा बर्खास्त गर्ने काम गरिएको महासचिव पक्षको दावी छ । युनियनको विधानमा कुनै पनि जिल्ला/विभागले क्रियाशील सदस्यको विवरण प्रदेश÷विभागीय समन्वय समितिमा पठाउने तथा प्रदेश/विभागीय कार्यसमितिले छानबिन गरी केन्द्रमा पठाउने र केन्द्रमा प्राप्त विवरण छानबिन गरी महासचिव र अध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । तर, यसो नगरी उल्टै अध्यक्ष पोखरेलले सफ्टवेरमा अटोमेटिक फरवार्ड हुने सिस्टम बनाउन लगाई प्रदेश÷विभागीय समन्वय कार्यसमितिका अध्यक्ष र महासचिवको अधिकार कुण्ठित गर्ने काम गरेको आरोप लगाइएको छ ।
अहिले कतिपय प्रदेशका अध्यक्षको सिफारिस बिना केन्द्रीय अध्यक्षको नामबाट प्रमाणित भएको बुझिएको छ । यसरी व्यक्ति हेरेर कुनै पदको जिम्मेवारी खोस्ने कार्यले संस्थालाई कहाँ पुर्याउला ? कुनै पनि विषयमा समस्या आउँदा विधिसम्मत तवरले समाधान गर्ने होकि जवर्जस्ती गरेर संस्थालाई अप्ठ्यारोमा पुर्याउने हो ? गम्भीर प्रश्न खडा भएको छ, ति सदस्यले भने ।
रावलको स्टाट्समा पनि ‘कुनै पनि विषयमा समस्या आउँदा विधिसम्त तरिकाले समाधान गर्ने हो कि जबर्जस्ती गरेर संस्थालाई अप्ठ्यारोमा पुर्याउने हो । गम्भीर प्रश्न खडा भएको छ । कर्मचारी युनियन लोकतन्त्रमा विश्वास गर्ने राष्ट्रसेवक कर्मचारीहरूको साझा संस्था हो । हाम्रा अग्रहजहरुले दुख गरेर स्थापना गरेको संस्थालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने र विधान विपरीतका कार्य गरेर माहोल बिगार्ने काम कोही कसैबाट नहोस् । विधिसम्वत नेपाल निजामती कर्मचारी युनियनको आसन्न ९ औँ महाधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने गरी सबैले एक बद्ध प्रयास गरौँ । यहाँहरुको सुझाव, सल्लाह एवं मार्गदर्शन मेरा लागि अमूल्य नीति हुन । जय युनियन,’ भनेका छन् ।
महासचिव रावलको फेसबुक स्टाटस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील हुनुपर्छ : मन्त्री गुरुङ
फागुन १६, २०८१ शुक्रबार
भूमिसम्बन्धी अध्यादेश आफ्नाहरूलाई पोस्नका लागि ल्याएको हो : अध्यक्ष नेपाल
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
फागुन १६, २०८१ शुक्रबार
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
फागुन १६, २०८१ शुक्रबार
भूकम्प अपडेटः ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
फागुन १६, २०८१ शुक्रबार
भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै : स्वास्थ्यमन्त्री
फागुन १६, २०८१ शुक्रबार
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा
फागुन १६, २०८१ शुक्रबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
फागुन १६, २०८१ शुक्रबार
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
फागुन १६, २०८१ शुक्रबार
भूकम्प अपडेटः ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
फागुन १६, २०८१ शुक्रबार
भारत क्षयरोग अन्त्यको दिशामा तीव्र गतिमा अघि बढ्दै : स्वास्थ्यमन्त्री
फागुन १६, २०८१ शुक्रबार
काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा
फागुन १६, २०८१ शुक्रबार
बालेनले ओलीलाई भने– प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चै नडुबाउनु होला !
फागुन १६, २०८१ शुक्रबार
हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
फागुन १६, २०८१ शुक्रबार
आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
फागुन १६, २०८१ शुक्रबार
भूकम्प अपडेटः ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
फागुन १६, २०८१ शुक्रबार