अध्यादेशको औचित्यमाथि सांसदहरुले प्रश्न उठाएपछि विना निष्कर्ष सकियो कांग्रेस संसदीय दलको बैठक

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १२:२८:५४

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । दलको बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशको औचित्यबारे संसदीय दलमा प्रश्न उठाएका थिए । शुक्रबार नयाँ बानेश्वरमा रहेको संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले अध्यादेशसहितका विषयमा प्रश्न गरेपछि २४ गते फेरी बस्ने गरी बैठक स्थगित भएको छ ।
बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ । सांसदहरूले बोल्ने क्रममा अध्यादेशबारे प्रश्न उठाएका थिए । कति पय अध्यादेशमाथि प्रश्न उठेको उनीहरुको भनाइ थियो । आजको बैठकमा अध्यादेशको विषयमा सांसदहरूले कुरा उठाउनुभएको छ । ती बाहेक आफ्ना क्षेत्रका समस्याबारे कुरा उठेका छन्, घिमिरेले भने ।
बैठकमा कांग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । संसदीय दलको कार्यालयमा डा.शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन् । डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राखेका थिए । कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका थिए ।
ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा रिसाएका नारायणकाजी : तीन दिन प्रचण्डलाई दंग्याएर फेरि अभियानमा सरिक भए
फागुन १५, २०८१ बिहिबार
नेमकिपाको आठौं महाधिवेशन भक्तपुरमा हुने
फागुन १५, २०८१ बिहिबार
बेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
दुई सिफ्टमा अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार
बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ
फागुन १५, २०८१ बिहिबार
काठमाडौं महानगरले दुई दिन शैक्षिक मेला आयोजना गर्दै