चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १५:१५:२९

१८ माघ, पाटन 'ललितपुर' । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन् । आज ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए ।
“हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ”, उनले भने । उनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुने बताए । उजले पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिए ।
“समस्या समाधानका लागि पुल निर्माणका लागि जग्गाका लागि सञ्चय कोष र मानसिक अस्पतालसँग कुरा भइरहेको छ”, उनले भने, “ललितपुर महानगर क्षेत्रमा पर्ने सात दशमलव नौ किलोमिटरभित्र दुर्घटना अन्त्य गर्न छदेखि नौ महिनाभित्र सडक बत्ती राख्छौँ ।”
महानगरका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले यस वर्ष तीन वटा पुल निर्माण हुने जानकारी दिए । वडा नं १४ का अध्यक्ष अमृजङ्ग महतले पनि नख्खु खोलामा निर्माण भइरहेको पुल छिट्टै सम्पन्न हुने बताउनुभयो । वडा नं १३ का अध्यक्ष गणेश केसीले यो पुल निर्माणले नख्खुको जाम कम गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
महानगरका इञ्जिनियर प्रदीप पौडेलले विसं २०७९ भदौ १३ मा पुल निर्माणका लागि सम्झौता काम सुरु भइ गत मङ्सिर २० गते सम्पन्न भएको जानकारी दिए । निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मोटरेबल पुलको लागत तीन करोड तीन लाख ६१ हजार आठ सय ५३ रुपैयाँ ३१ पैसा छ । त्यसअवसरमा समयमै काम पूरा गर्ने निर्माण कम्पनी तामाङ मरिन कन्सट्रक्सन प्रालिलाई नगरप्रमुख चिरीबाबु महर्जनले कदरपत्र र दोसल्लासहित सम्मान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रकको ठक्करबाट महिलाको मृत्यु
फागुन १५, २०८१ बिहिबार
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने
फागुन १६, २०८१ शुक्रबार
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
फागुन १६, २०८१ शुक्रबार
बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम : अध्ययन
फागुन १६, २०८१ शुक्रबार
समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने
फागुन १६, २०८१ शुक्रबार
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
फागुन १६, २०८१ शुक्रबार
बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम : अध्ययन
फागुन १६, २०८१ शुक्रबार
समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने
फागुन १६, २०८१ शुक्रबार
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
फागुन १६, २०८१ शुक्रबार
बिहान कफी पिउने मानिसहरुमा मृत्युको जोखिम कम : अध्ययन
फागुन १६, २०८१ शुक्रबार