ऐन कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्नुपर्नेमा प्रमुख सचेतक न्यौपानेको जोड

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १५:२८:३४

१८ माघ, काठमाडौं । राष्ट्रियसभामा नेकपा 'एमाले' संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले बनेका ऐन कार्यान्वयनको अवस्थाका विषयमा मूल्याङ्कन गर्ने अभ्यास सुरु हुनुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रमुख सचेतक न्यौपानेले नयाँ ऐन कानुन बनाउने मात्रै सांसदको जिम्मेवारी नभएको उल्लेख गर्दै विगतका ऐनको अनुमगन गर्नुपर्ने सुझाव दिइन् । उनले परिवर्तन र लोकतन्त्रका पक्षमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताइन् ।
“जनताकासामु गरेका वाचा पूरा गर्न हामी सबै एकाकार हुन जरुरी छ । यो अधिवेशन विधेयकको अधिवेशन हुनेछ । कानुन बनाउने सन्दर्भमा पनि एकता जरुरी छ”, प्रमुख सचेतक न्यौपानेले भनिन् ।
प्रतिनिधिसभामा पठाएका सात विधेयक विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै उनले तीन विधेयक राष्ट्रियसभामा दर्ता भएका जानकारी दिइन् । “प्रतिनिधिसभामा धेरै विधेयक थुप्रिनु हुँदैन । राष्ट्रियसभालाई महत्व दिएर विधेयक दर्ता हुन थालेका छन् । विधेयकलाई कसरी जनताका पक्षमा बनाउने, कसरी मुलुकको हितका लागि बनाउने भनेर छलफल गर्नुपर्छ”, प्रमुख सचेतक न्यौपानेले भनिन् ।
भूमिविहीनका समस्या समाधान गर्न, जनतालाई सेवा प्रभाव गर्न भएका असहज अवस्थालाई सहज गर्न भूमि व्यवस्था ऐन आएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारीसम्बन्धी ऐन आएको र सरकारले ल्याएको अध्यादेश जनताका पक्षमा रहेको प्रमुख सचेतक न्यौपानेले जिकिर गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले किन गर्दैछन् अध्यादेश बारे अन्तरक्रिया ?
फागुन १६, २०८१ शुक्रबार
राजनीतिक संयन्त्रको बैठकअघि बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
फागुन १६, २०८१ शुक्रबार
अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान
फागुन १६, २०८१ शुक्रबार
भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन
फागुन १६, २०८१ शुक्रबार
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ
फागुन १६, २०८१ शुक्रबार
संघीय समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार