अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १५:५६:५१

१८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए ।
प्राकृतिक विपद्का कारण बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उहाँले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गरे । शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्न गरे ।
उनले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको यथार्थ पेस गर्दै सरकार कतै देखिन नसकेको भनाइ राख्नुभयो । सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उनले कस्को कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले किन गर्दैछन् अध्यादेश बारे अन्तरक्रिया ?
फागुन १६, २०८१ शुक्रबार
राजनीतिक संयन्त्रको बैठकअघि बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
फागुन १६, २०८१ शुक्रबार
अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन
फागुन १६, २०८१ शुक्रबार
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ
फागुन १६, २०८१ शुक्रबार
संघीय समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने
फागुन १६, २०८१ शुक्रबार